Comments Add Comment

खेलकुदको भविष्यबारे यसै भन्न सक्ने स्थिति छैन : सदस्य सचिव सिलवाल

९ जेठ काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले नेपाली खेलकुदको भविष्यबारे अहिले यही नै हुन्छ भनेर भन्न नसकिने बताएका छन् ।

शुक्रवार त्रिपुरेश्वरमा अखिल नेपाल फुटबल संघ एन्फा ए डिभिजन लिग २०७६ को टेक्निलक ह्याण्डबुक सार्वजननक कार्यक्रममा सदस्य सिचव सिलवालले कोरोना भाइरस कोभिड-१९ ले गर्दा नेपाली खेलकुद गतिविधिमा प्रभाव परेको बताए ।

कोरोना भाइरसले गर्दा फुटबलकै बी डिभिजन स्थगित भएको छ । सी डिभिजन लिग सुरु हुन पाएन । ‘हामीले विदेशमा जस्तो सबै हेरफेर गरेर खाली मैदानमा गर्ने गरी तयारी गरेका थियौँ । सकरात्मक स्थिति बनेको थियो,’सिलवालले भने, ‘तर फेरि कोरोनाको संक्रमण बढ्दै जाँदा त्यो गर्न नसक्ने स्थिति आयो ।’

सदस्य सचिव सिलवालले नेपाली खेलकुदको अब कहिले सुरु हुन्छ भन्न नसकिने बताए । ‘यस्तो अवस्थामा अब यसै भन्न सक्ने स्थिति छैन,’ सिलवालले भने, ‘अब खेल क्षेलाई नर्मल गर्नुपर्छ । आम खेलाडीलाई पनि नर्मल गर्नुपर्छ।’ उनले सरकारको नियम पनि पालना गर्नुपर्ने बताए ।

फुटबलको प्रसंगमै सिलवालले अब ए डिभिजन लिगलाई अझै व्यवस्थित पार्नुपर्ने ग्रेडिङ गर्नुपर्नेलगायत काम गर्नु पर्ने बताए ।

एन्फाले दक्षिण एसियामै पहिलो भनेको लिगको टेक्निकल रिपोर्ट सार्वजनिक गर्दै सिलवालले यो राम्रो सुरुआत भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment