+
+

डडेल्धुरामा स्क्रब टाइफसको औषधि गर्न पुग्दा कोरोना पुष्टि

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७७ जेठ ९ गते १९:१६

९ जेठ, कैलाली । स्क्रब टाइफसको आशंकामा जाँच गर्न अस्पताल पुगेका एक ब्यक्तिलाई डडेल्धुरामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार डडेल्धुराको परशुराम नगरपालिका–१० का २८ बर्षीय युवकमा कोरोनाको संक्रमण रहेको पुष्टि भएको छ ।

उनी जेठ ६ गते स्क्रब टाइफसको समस्या लिएर डडेल्धुरा अस्पतालमा पुगेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदिश विष्टले बताए । ‘उहाँ स्क्रब टाइफसको समस्या लिएर आउनुभएको थियो’ उनले भने ‘उहाँलाई स्क्रब टाइफस र कोरोना दुबै देखियो ।’

६ गते सामान्य चेकजाच गरेर घर फर्किएका ती व्यक्तिमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । ‘ज्वरो आएको बिरामी भएकाले हामीले त्यही बेला स्वाब संकलन गरेका थियौं’ विष्टले भने ‘त्यो बेला स्क्रब टाइफस पोजेटिभ आयो, आज केरोना पुष्टि भयो ।’

उनी फागुन ३० गते काठमाडौबाट आएको उनले जानकारी दिए ।

उनी सरकारी कर्मचारी रहेको खुलेको छ । उनलाई अहिले डडेल्धुरा अस्पतालको आइसुलेसनमा भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?