+
+
Shares

गुजरातबाट तीनजना साथीसँगै आएका थिए मोरङका नयाँ संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ९ गते १९:२८

९ जेठ , विराटनगर । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका मोरङको रतुवामाई नगरपालिका-२ का पुरुष गुजरातबाट आएको पाइएको छ ।

रतुवामाई नगरपालिका – २ का ४१ वर्षीय पुरुष अन्य तीनजना साथीसँगै भारतको गुजरातबाट गाउँ फर्किएका हुन ।

रतुवामाई नगरपालिका – २ का वडाध्यक्ष किरणलालसिंह गनगाईका अनुसार संक्रमित जेठ ७ गते नेपाल प्रवेश गरेका थिए । युवक ७ जेठमा गाउँ आइपुगेका थिए । उनीसँगै आएका अन्य तीनजनालाई  क्वारेन्टाइनमा राखिएको उनले बताए ।

अध्यक्ष गनगाईका अनुसार आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि गुजरातबाट आएका व्यक्तिको पीसीआर जाँच गरिएको थियो ।

जेठ ५ गते रतुवामाई १ मा भारतको मुम्बईबाट आएका व्यक्तिलाई कोरोना देखिएको थियो । यो सँगै मोरङमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । संक्रमितमध्ये २ जना रतुवामाई र २ जना विराटनगरका हुन । प्रदेश १ मा संक्रमितको संख्या ८५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?