+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेताको घरघरमा नक्सा पुर्‍याउँदै नहिँड्नुस् : कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ११ गते १५:५२

११ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले सरकारले जारी गरेको नक्सा नेताको घरघर पुर्‍याउने कार्यलाई सस्तो लोकप्रियता भनेका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको नाम उल्लेख नगरी उनले भनेका छन्, ‘नेताहरूको घरघरमा नक्सा पुर्‍याउँदै हिंड्ने सस्तो लोकप्रियतावादी काम छोड्नुस् ।’

भूमि व्यवस्था मन्त्री अर्यालले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न व्यक्तिको घरघरमा पुगेर नयाँ नक्सा वितरण गरेपछि थापाले यस्तो प्रतिक्रया जनाएका हुन् ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष थापाले सार्थक कुटनीतिक वार्ताको तयारीमा लाग्न ध्यानाकर्षण गराएका छन् । ट्विटरमा उनी लेख्छन्, ‘सार्थक कुटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमि फिर्ता लिनेबारे गम्भीर गृहकार्यमा लाग्न सरकारको ध्यान जाओस् ।’

काम नभएका मन्त्रीहरूलाई कोभिड–१९ महामारी नियन्त्रणको जिल्लागत जिम्मेवारी दिनुपर्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?