Comments Add Comment

भोजनमा बोसो पदार्थ कति आवश्यक

चिकित्सकहरु भन्छन् धेरै चिल्लो पदार्थ स्वास्थ्यका लागि हानिकारक हुन्छ । यहीअनुसार धेरै आफ्नो खानपानबाट चिल्लो पदार्थ कटौती गर्छन् । खासगरी तरकारीमा कम मात्रामा तेलको प्रयोग गर्छन् । यससँगै कतिले दूधजन्य उत्पादन समेत सेवन गर्दैन, शरीरमा बोसो पदार्थ बढ्छ भन्ने भयले ।

जबकि हाम्रो शरीरलाई अन्य पोषक तत्व जस्तै बोसो पदार्थ पनि आवश्यक हुन्छ । यद्यपि यसरी प्राप्त गर्ने बोसो पदार्थ सन्तुलित र प्राकृतिक हुनु जरुरी छ ।

‘द अमेरिकन हार्ट एसोसिएसन’ले स्वस्थ रहनको लागि खानपानमा खराब फ्याट (स्याचुरेटेड)लाई राम्रो फ्याट (अनस्याचुरेटेड)ले विस्थापन गर्ने सल्लाह दिएको छ । राम्रो स्वास्थ्यको लागि हामीले भोजनमा मोनोस्याचुरेटेड वा पोलिस्याचुरेटेड फ्याट ग्रहण गर्नुपर्छ ।

त्यसैले स्याचुरेटेड वा ट्रान्सफ्याटको सट्टामा मोनोस्याचुरेटेड वा पोलिस्याचुरेटेड युक्त खाद्यपदार्थ ग्रहण गर्नुपर्छ । पोलिस्याचुरेटेड फ्याटले रगतमा खराब कोलेस्टेरोलको स्तरलाई कम गर्छ जसको कारण मुटुसम्बन्धी रोगहरू र स्ट्रोकको खतरा कम हुन्छ ।

यसबाहेक फ्याटले शरीरमा कोषहरू बन्न र विकसित गर्ने पोषक तत्व पनि प्रदान गर्छ । खानामा यस्तो तेलको प्रयोग गर्नुपर्छ जसमा स्याचुरेटेड फ्याटको मात्रा कम होस् । यसको लागि मकै, जैतुन, बदाम, सोयाबिन वा सनफ्लावरको तेल प्रयोग गर्न सकिन्छ ।

लाभदायक माछा

माछा प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो । अन्य मासुजन्य पदार्थको तुलनामा यसमा स्याचुरेटेड फ्याटको मात्रा धेरै कम हुन्छ ।माछा ओमेगा ३ फ्याटी एसिडको पनि धेरै राम्रो स्रोत हो । ईपीए र डीएचए जस्ता ओमेगा ३ फ्याटी एसिडहरू हाम्रो शरीरका लागि धेरै आवश्यक छन् किनभने हाम्रो शरीरमा यसको निर्माण हुँदैन ।

यसलाई खानाको माध्यमबाट नै ग्रहण गर्न आवश्यक छ । यसका शाकाहारी स्रोतहरू ओखर, बदाम र सोयाबिन हुन् । ओमेगा ३ फ्याटी एसिडले शरीर सुन्निन कम गर्छ । सुन्निने अर्थात् इन्फ्लेमेसनको कारण रक्तनली क्षतिग्रस्त हुन्छ जसको कारण हृदयरोग वा स्ट्रोकको खतरा बढ्छ । यसबाहेक यसले मुटुको धड्कनको उतार चढावको खतरा पनि कम गर्छ र मुटुलाई सुरक्षित राख्छ ।

हालै १५ सय बयष्क मानिसहरूमा गरिएको एक अध्ययनबाट ओमेगा ३ फ्याटी एसिड मस्तिस्कलाई सही तरिकाले काम गर्नको लागि आवश्यक भएको पुष्टि भएको छ ।

अध्ययनअनुसार बच्चामा मस्तिस्कको सही विकासको लागि ईपीए र डीएचए आवश्यक छ । ओमेगा ३ फ्याटी एसिडले एकाग्रता बढाउन र कठिन कार्यहरू गर्ने क्षमता बढाउनमा पनि मद्धत गर्छ ।

कोरोनरी हार्ट डिजिजबाट पीडितहरू डाइटको माध्यमले पर्याप्त ओमेगा ३ प्राप्त गर्न सक्दैनन् । यस्ता मानिसहरू डाक्टरको सल्लाह लिएर सप्लिमेन्ट ग्रहण गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment