+
+
Shares

ईद पर्व सबै नेपालीको मौलिक पुँजी : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १२ गते ६:३०

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ईद पर्वलाई सम्पूर्ण नेपालीको मौलिक पुँजी भनेका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै ईद पर्व मनाउन आग्रह पनि गरेका छन् ।

रमदानको रोजा पूरा गरी आज ईद मनाइरहेका इस्लाम समुदायलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरू हाम्रो राष्ट्रिय एकता, पारस्परिक सदभाव र सहिष्णुताको मौलिक पहिचान भएको उल्लेख गरेका छन् ।

बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश नेपालमा यस्ता पर्व र विशेषता यहाँ मौलिक पूँजीका रूपमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले एकता र सहिष्णुताको यस पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने उल्लेख गरेका छन् ।

विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरू मुलुकमा सम्मानित र संरक्षित भएको बताउँदै उनले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सदभाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?