+

लकडाउनमा आन्तरिक काम भइरहेको छ : क्यान

२०७७ जेठ  १२ गते २१:१९ २०७७ जेठ १२ गते २१:१९
लकडाउनमा आन्तरिक काम भइरहेको छ : क्यान

१२ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले लकडाउनको समयमा पनि आन्तरिक कामहरु भइरहेको बताएका छन् ।

अध्यक्ष चन्दले सोमबार क्यानको पछिल्लो गतिविधि बारे जानकारी गराउँदै लकडाउनको समयमा पनि आन्तरिक कामहरु भइरहेको बताएका हुन् ।

फेसबुक पेजमार्फत विज्ञप्ति सार्वजनिक गर्दै उनले भनेका छन्, ‘संघले यो आर्थिक वर्षमा सम्पन्न गर्ने रास्ट्रिय प्रतियोगिताहरु भने कोभिड-१९ का कारण स्थगित भएका छन् भने नयाँ आर्थिक वर्ष भरिमा सम्पन्न गरिने प्रतियोगिताहरुको रुपरेखाको तयारि आन्तरिक रुपमै गर्दै छौं ।’

अध्यक्ष चन्दले अहिले देशको सम्पूर्ण खेलकुद निकाय र गतिविधि रोकिएको भन्दै क्यानले मुलपानी र कीर्तिपुरको मैदानको काम भने गरिरहेको बताए ।

विज्ञप्तिमा मुलपानी माथिल्लो मैदान र कीर्तिपुरस्थित टिय़ु क्रिकेट मैदान निर्माण कार्य सञ्चालनमा रहेको, संघले नयाँ आर्थिक नियमावली निर्माण गरिरहेको र अघिल्लो प्रतियोगिताको आयव्ययको हिसाब सार्बजनिक गर्ने तयारीमा गरिरहेको उल्लेख गरिएको छ ।

यस्तै, नयाँ आर्थिक वर्षको बजेट निर्माण, महिला र पुरुष दुवै क्रिकेट खेलाडीहरुको नयाँ कनट्र्याक्टको रुपरेखा अन्तिम चरणमा पुगेको छ अध्यक्ष चन्दले बताएका छन् ।

क्यान नेपाल क्रिकेट संघ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय