+
+
Shares

भक्तपुरमा टिपरको ठक्करबाट सईको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १३ गते ९:३७

१३ जेठ, भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ नयाँठिमीमा टिपरको ठक्करबाट ड्युटीमा खटिएका एक जना सईको मृत्यु भएको छ ।

सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर अनियन्त्रित भई आपसमा ठोक्किँदा ड्युटीमा खटिएका सई निमबहादुर घर्तीमगरको मृत्यु भएको हो । नर्भिक अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान करिब ५ बजे उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दाङको रामपुर घर भएका उनी महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत थिए ।

प्रहरीले टिपरका चालक धादिङका राजेन्द्र प्याकुरेल र राकेश सैंजुलाई नियन्त्रणमा लिएको छ । चालक सैंजुले मापसे गरेर टिपर चलाएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?