Comments Add Comment

कोभिड–१९ बिमामा आकर्षण, एक महिनामै गरे २ लाखले बिमा

१३ जेठ, काठमाडौं । बिमा समितिले ल्याएको नयाँ योजना कोभिड–१९ बिमामा सर्वसाधारणको आकर्षण देखिएको छ । बिमा कम्पनीहरुले कोभिड–१९ को बिमा गर्न शुरु गरेको एक महिनामा नै २ लाख बढीले बिमा गरेका छन् ।

बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिका अध्यक्ष चिरञ्जीवि चापगाईंले सोमबारसम्मात्रै २ लाख १५ हजार व्यक्तिको कोरोना बीमा भइसकेको जानकारी दिए । अध्यक्ष चापागाईंका अनुसार काेराेना बिमा वापत साेमबारसम्म १० करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ ।

हालसम्म बिमा दावी भने परेको छैन । सामान्यतयाः युद्ध र महामारीको बिमा नहुने विश्वव्यापी चलन छ। यद्यपि, बिमा समितिले नयाँ अभ्यास गर्दै नयाँ पोलिसी जारी गरेको थियो ।

समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बिमा गर्न सकिने व्यवस्था बनाएको छ ।

परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि ६ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्नेछ ।

बिमाको अवधि एक वर्ष हुनेछ । बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा एक लाखको गरे एक लाख र ५० हजारको गरे ५० हजार रुपैयाँ बीमा दाबी भुक्तानी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment