
१३ जेठ, सप्तरी । सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खड्क नगरपालिका ६ चकुवामा तीन पांग्रे पावर ट्रिलर ट्याक्टर पल्टिँदा स्थानीय ७५ बर्षका गुदीलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर उनको छोरा हरि चौधरीले चलाएका थिए । दुर्घटनामा घाइते भएका गुदीलाललाई उपचारका लागि सिरहातर्फ लैजाँदै गर्दा मृत्यु भएको हो ।
प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4