+
+
Shares

पीपीई, चस्मा र एन९५ मास्कसहित खटिएका छन् ट्राफिक प्रहरी

चन्द्र आले/शंकर गिरी चन्द्र आले/शंकर गिरी
२०७७ जेठ १३ गते १४:५१

१३ जेठ, काठमाडौं । आजभोलि राजधानीको चोकचोकमा चस्मा र एन ९५ मास्कसहित उभिन्छन्, ट्राफिक प्रहरी । नाका र हरेक मुख्य चोकमा कम्तिमा तीन जना अधिकारी पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) सहित देखिन्छन् ।

कोरानाका महामारीका वेला जोखिममा रहेका प्रहरीका थ्रुपै अधिकारीसँग अझै राम्रो मास्क छैन । तर, ट्राफिक प्रहरीले दाताको सहयोगमा सुरक्षा कवच पाएको हो । ट्राफिक प्रहरीका एसपी जीवन श्रेष्ठ भन्छन्, ‘एउटा इस्यूरेन्स कम्पनीले एक हजार ५ सय २२ जना ट्राफिक प्रहरीका लागि चस्मा र एन९५ मास्क उपलब्ध गराएको हो ।’

पीपीई भने ८६ जना ट्राफिकले पाएका छन् । यसले बढी जोखिम हुने क्षेत्रमा खटिने ट्राफिकलाई कोरोना महामारीबाट जोगिन सहयोग पुग्ने महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए ।

उनका अनुसार हालसम्म ट्राफिक प्रहरीका ६ जना अधिकारीमा र्‍यापिड परीक्षण पोजेटिभ देखिएको छ । तर, हालसम्म कसैको पनि पीसीआर परीक्षण पाजेटिभ आइसकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?