Comments Add Comment

शरीर कति अद्भूत छ ?

हाम्रो शरीरले प्रकृतिबाट अन्न, सागपात, पानी, हावा ग्रहण गर्छ । त्यही कुरालाई शरीरले बल, उर्जा एवं शक्ति मात्र होइन बुद्धि, विवेक, कल्पनाशिलता, सिर्जनशिलतामा पनि रुपान्तरण गर्छ । यी सबै काम शरीरका भित्री यन्त्रहरुले यति चुपचाप र शान्त ढंगले गर्छ कि, न त्यसले ध्वनी पैदा गर्छ न कम्पन ।

आठ चक्र र नौ द्वार भएको मानव शरीर वास्तवमै अद्भूत र असाधरण छ । तर, हामी आफ्नै शरीरको समाथ्र्य पनि भेउ पाउन सकिरहेका हुँदैनौं । त्यसैले शरीरलाई पूर्ण रुपले उपयोग गर्नबाट वञ्चित हुन्छौं ।

भनिन्छ नि, एप्पलको आइफोनमा यति धेरै फिचर्स हुन्छ, जसको उपयोग एकदमै कम प्रयोगकर्ताले मात्र गरिरहेका हुन्छन् । अधिकांश आइफोन प्रयोगकर्ताले त्यसको फिचर्सको पूर्ण उपयोग नै गर्दैनन् । ठीक यसैगरी हाम्रो शरीरमा यति धेरै शक्ति एवं सामथ्र्य हुन्छ, जसबारे हामी स्वयम् अनभिज्ञ रहन्छौं । हाम्रा ऋषिमुनिहरुले अनेक अभ्यास, प्रयोग, खोज, अध्ययनबाट शरीरको अथाह शक्ति पत्ता लगाएका थिए । त्यसैले त उनीहरु योग, ध्यान पद्धतीको विकास गर्नेदेखि आयुर्वेदको खोज गर्न सफल भए ।

आज भौतिक विज्ञानले जुन चमत्कार गरिरहेको छ, त्यो पनि मानव शरीरकै रचना त हो ।

हाम्रो शरीर जल, वायु, अग्नि, पृथ्वी तथा आकास यी पाँच तत्वले बनेको मानिन्छट । यसैले पञ्चतत्वबाट बनेको मानव शरीरमा जलको शीतलता, वायुको गति, अग्निको तेज, पृथ्वीको गरुत्वाकर्षण र आकाशको विशालता सामेल छ । यसरी मानिस अनन्त शक्तिका स्वमी हुन् र यस शरीरभित्र अनन्त शक्ति लुकेको छ । कुनैपनि व्यक्तिले यसरी लुकेको शक्तिलाई जगाएर अनन्त शक्तिको स्वमी बन्न सक्छ ।

कुण्डलिनीको प्रकृति नै यस्तो हुन्छ कि जब यो शान्त स्थितिमा हुन्छ यसबारे हामीले कुनै भेउ नै पाउन सक्दैनौं । जब यो गतिशिल हुन्छ तब हामीलाई थाहा हुन्छ कि शरीरभित्र कति धेरै उर्जा एवं शक्ति छ ।

कुन्डलिनी शक्ति

मानव शरीरभित्र लुकेको यस शक्तिलाई कुन्डलिनी शक्ति भनिन्छ । यो त्यस्तो शक्ति हो जहाँबाट दिव्य शक्तिको सृष्टि हुन्छ । कुन्डलिनी सर्प जस्तै साढे तीन फेरो लगाएर मेरुदण्डको सबैभन्दा तल्लो भागमा मुलधार चक्रमा सुषुप्त अवस्थामा रहेको हुन्छ । मुलधारमा सुषुप्त अवस्थामा रहेको कुण्डलिनी शक्ति जागृत गरेपछि सुषुम्ना नाडीमा प्रवेश गर्छ । तब यो शक्ति आफ्नो स्पर्शबाट स्वधिष्ठान चक्र, मणिपुर चक्र, अनाहत चक्र तथा आज्ञा चक्रलाई जागृत गराउँछ । र, मस्तिष्कमा स्थित सहस्त्रार चक्रमा पुगेर पूर्णता प्रदान गर्छ । यसै क्रियालाई पूर्ण कुण्डलिनी जागरण भनिन्छ ।

मस्तिष्कको शक्ति

विज्ञानले मानव मस्तिष्कमाथि नयाँ–नयाँ खोज गरिरहेको छ । भनिन्छ, यदि हाम्रो मस्तिष्कलाई कम्प्युटरसँग तुलना गर्ने हो भने दुनियाको सबैभन्दा तिब्र सुपर कम्प्युटरभन्दा ३० गुण बढी तिब्र छ मानव मस्तिष्क ।

शरीरको शक्ति

मानव शरीरमा यति धेरै सल्फर हुन्छ कि जसले एउटा कुकुरमा रहेको सम्पूर्ण किटाणु मार्न सक्छ । ९ सय वटा पेन्सिल बनाउनका लागि पर्याप्त कार्बन, एक खेलौना तोपमा आगो लगाउनका लागि पुग्दो पोटेशियम, साबुन बनाउनका लागि पर्याप्त बोसो शरीरभित्र समेटिएका हुन्छन् । ।

हाम्रो शरीरको एउटा हिस्सा जहाँ रगतको आपूर्ति हुँदैन । आँखाको कार्निय जो सोझै हावाबाट अक्सिजन प्राप्त गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment