Comments Add Comment

सागमा पदक जित्ने पाकिस्तानका तीन खेलाडी डोपिङ परीक्षणमा असफल

१३ जेठ, काठमाडौं । गत मंसिरमा नेपाल भएको १३औँ सागमा पदक जित्ने पाकिस्तानका तीन खेलाडी डोपिङ परीक्षणमा असफल भएका छन् ।

डोपिङ टेष्टमा उनीहरुको टेष्ट पोजेटिभ देखिएको पाकिस्तान एम्याचोर एथ्लेटिक्स फेडेरेसनको विश्वस्थ स्रोतले जनाएको भारतीय अनलाइन टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

डोपिङ टेष्टमा असफल भएका तीन खेलाडीलाई अब ४ वर्षसम्मको प्रतिबन्ध लाग्न सक्छ ।

ट्रयाक एण्ड फिल्ड अन्तर्गत ११० मिटर हर्ड्लसमा स्वर्ण जितेका मोहम्मद नइम ४०० मिटरमा स्वर्ण जितेमा मेहबुब अली र १०० मिटरमा कास्य जितेका समी उल्लाह डोपिङ परीक्षणमा असफल भएको समाचारमा उल्लेख छ ।

फेडेरेसनले पछिल्लो पटक प्राप्त गरेको डोपिङ टेष्टमा तीनै जनाको टेष्ट पोजेटिभ देखियो । स्रोतलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।

वर्ल्ड एन्टी डोपिङ एजेन्सी नाडाको नियमअनुसार प्रकियाअघि बढाइने र खेलाडीलाई आफूलाई निर्दोष सावित गर्ने अवसर दिइनेछ । यदि त्यसमा खेलाडीहरु असफल भए ४ वर्षसम्मको प्रतिवन्ध हुन सक्ने जनाइएको छ ।

नेपालमा भएको १३औं सागमा पाकिस्तानले ३२ स्वर्णसहित १३२ पदक  जितेको थियो । पर्याप्त ट्रेनिङ नहुँदा पनि पाकिस्तानले हासिल गरेको उपलब्धिलाई सन्तोषजनक मानिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment