
१३ जेठ, काठमाडौं । जापानको बाल चिकित्सा संघले आफ्ना दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई मास्क नलगाइदिन सुझाव दिएको छ । संघले उनीहरुलाई मास्क लगाइदिँदा श्वासप्रश्वासमा समस्या उत्पन्न हुन सक्ने र बाच्चाहरु निसास्सिने जोखिम रहेको बताएको छ ।
वेबसाइटमा सार्वजनिक गरेको एक सूचनामा संघले बच्चाको श्वासनली निकै सानो हुने र मास्क लगाउँदा श्वासप्रश्वासको लागि मुटुले धेरै बल गर्नुपर्ने हुन्छ । यसैबीच अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोलले पनि दुई वर्षभन्दा कम उमेरका बालबालिकाको मुख छोपिदिनु नहुने बताएको छ ।
पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट बच्न विश्वभर नै मास्क लगाउने अभ्यास भइरहेको समयमा जापानको बाल एसोसिएसनले यस्तो बताएको हो ।
स्रोत : अलजजिरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4