Comments Add Comment

यि विधी, जसले हुन दिनेछैन जीवभर ‘हार्ट ब्लकेज’

‘हार्ट ब्लकेज’ हुनुमा केही कारण छन् । त्यसमा मूलत खराब जीवनशैली नै हो । आफ्नो भान्साको खानेकुरा भन्दा बाहिरको खाने बानी, राती अबेर खाना खाने बानी, व्यायाम नगर्ने प्रवृत्ति, तनाव आदि मुटुको रोगका लागि जिम्मेवार मानिन्छ । अहिले बुढ्यौलीमा मात्र होइन, युवा उमेरमै मुटु रोगले धेरैलाई ग्रस्त बनाउँदै लगेको छ ।

के हो हार्ट ब्लकेज ?

हाम्रो मुटुमा स–सना रक्त धमनी हुन्छ, जसमा कफ वा हामीले धेरै खाने फास्टफुड उक्त रगतमा जम्न पुग्छ । यसले हार्ट ब्लकेजको समस्या निम्त्याउँछ । त्यसो त कतिपय बच्चामा जन्मसाथ हार्ट ब्लकेजको समस्या पनि देखिन्छ । यसमा गर्भवतीको खानपान जिम्मेवार हुन्छ । गर्भावस्थामा खराब खानपान गर्नाले बच्चाको मुटुमा समस्या हुनसक्छ ।

हार्ट ब्लकेजको संभावित जोखिमबाट कसरी उम्कने त ? के छ यसको विधी ?

घरेलु ओखती

अदुवा, लसुन, कागती र मह मुटुलाई बलियो र स्वस्थ राख्न अति उपयोगी मानिन्छ । लसुनमा रहेको एन्टी ब्याक्टेरियल एवं एन्टि अक्सिडेन्स तत्वले मुटुको चाललाई सामान्य बनाइराख्नमा मद्दत गर्छ । दैनिक एक केस्रा लसुन सेवन गर्नाले मुटु रोगको संभावित जोखिमबाट बच्न सकिन्छ । यसले तपाईंको कोलेस्टोर लेभल पनि सन्तुलित रहन्छ । अदुवामा आयरन, क्याल्सियम र प्रोटिन जस्तो पोषक तत्व हुन्छ । यसले पनि मुटुलाई बलियो राख्न सहयोग गर्छ ।

ओखती तयार गर्ने विधी 

एउटा गिलासमा कागतीको रस राख्ने । एक सानो टुक्रा अदुवा र लसुनको केस्रा राम्ररी पिसेर पेस्ट तयार गर्ने । पानीको प्रयोग गर्दै नगर्ने । उक्त पेस्टलाई चुल्होमा दुई÷तीन मिनेट पकाउने । चिसो भएपछि त्यसलाई राखेर बिहान र बेलुकी तातो पानीसँग एक वा दुई चम्चा हालेर सेवन गर्ने ।

त्यसो त यसलाई तपाईंले एकै पटकमा धेरै मात्रामा बनाउने, सिसाको बोत्तलमा राख्ने र नियमित रुपमा सेवन गर्न पनि सक्नुहुनेछ ।

व्यायाम

यदि तपाईं यो जोखिमबाट सधै मुक्त रहन चाहनुहुन्छ भने नियमित रुपमा समुचित ढंगले व्यायाम गर्नु सर्वोत्तम हुन्छ । प्राणायाम र ध्यान मुटुलाई स्वस्थ राख्न अत्यान्तै लाभदायक हुन्छ । दक्ष योग गुरु एवं प्रशिक्षकको सहयोगमा ध्यान, प्राणायाम गर्न सकिन्छ ।

यी कुरा त्यागौं

–मसलेदार, चिल्लो, तारेको खानेकुरा सेवन नगरौं ।

–रातो मासुको सेवन कम गरौं ।

–मैदाजन्य परिकार सेवन नगरौं ।

–प्याकेटबन्द खानेकुरा, प्रशोधित खानेकुरा सेवन नगरौं ।

–मदिरा र चुरोट त्यागौं ।

–तनाव एवं चिन्ता त्यागौं ।

–ऐशआरम त्यागौं ।

–इर्ष्या, अहंकार, रिस, गुनासो, पछुतो जस्ता मनोविकार त्यागौं ।

यी कुरा अपनाऔं

–नियमित उठ्ने र सुत्ने तालिका ।

–नियमित र सन्तुलित खानपान ।

–पर्याप्त पानी सेवन गरौं, ताजा फलफूल र सलादलाई खानामा समावेश गरौं ।

–नियमित र समुचित व्यायाम ।

–सक्रिय जीवन ।

–हरेक कुरामा सन्तोष गरौं ।

–सधै खुसी हुने अभ्यास गरौं ।

यदि कुनै शारीरिक समस्या छ, औषधि सेवन गरिरहनुभएको छ, दीर्घ रोग छ भने उल्लेखित कुनैपनि विधी अपनाउनुअघि चिकित्सकसँग परामर्श गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment