Comments Add Comment

दर्शकविना ट्रफी उठाउने अवस्था अनौठो हुनेछ

१४ जेठ काठमाडौं । लिभरपुलका कप्तान जोर्डन हेन्डरले दर्शक बिना एनफिल्डमा र प्रिमियर लिग ट्रफी उठाउनु एकदमै अनौठो हुने बताएका छन् ।

लिभरपुल लिग स्थगित हुनुअघि शीर्ष स्थानमा छ र १९९० पछि पहिलो पटक लिग जित्नबाट दुई जित मात्र टाढा छ ।

कोरोनाभाइरस महामारीका कारण १३ मार्चदेखि लिग स्थगित छ । आगामी जुनमा लिग फेरी सुरु गर्नेगरी अहिले प्रोजेक्ट रिस्टार्ट अन्तर्गत तयारी भइरहेको छ ।

यसैबीच लिभरपुलका कप्तान हेन्डरसनले लिभरपुलका फ्यानले धेरै फरक पार्ने र त्यसबारे सबैलाई थाहा भएका बताएका छन् ।

इंग्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडी हेन्डरसनले बीबीसी रेडियो फाइभ लाइभसँग भनेका छन्, ‘विल्कुलै फरक लाग्नेछ किनकि यदि तापाई‌ंले कुनै ट्रफी जित्नुभयो र फ्यानविना नै प्राप्त गर्नुभयो भने यो अनौठो हुनेछ,’ हेन्डरसनले भने ।

हेन्डरसनले सम्भावना भने अझे समाप्त नभएको बताएका छन् । उनले सिजनको अन्त्यसम्म उच्चस्तरको प्रदर्शन कायम राख्नु आवश्यक रहेको र सकेसम्म राम्रो तरिकाले सिजन सकाउन चाहेको बताए ।

‘त्यसपछि हामीले जे जित्छौँ वा हामी ट्रफी लिन्छौँ तर त्यहाँ फ्यानहरु छैनन् …जब त्यो तपाईंले सामना गर्नुपर्नेछ । आशा छ यो हनुछ । हामी अझै पनि राम्रो स्थानमा छौँ,’ हेन्डरसनले भने, ‘यसको अर्थ हामीले प्रिमियर लिग जित्यौँ र हामी धेरै खुसी हुनेछौं तर त्यसपछि हामी भविष्यमा ध्यान दिन सक्छौं र जब फ्यानहरुलाई स्टेडियममा आउन अनुमति दिइन्छ, मलाई विश्वास छ हामी केही सेलेब्रेसन गर्नेछौँ ।’

फेरि लिग सुरु गर्ने तयारीसहित प्रिमियर लिगका खेलाडीहरुले गत सातादेखि सानो समूहमा ट्रेनिङ सुरु गरेका छन् । लिभरपुलका कप्तान हेन्डरसनले नयाँ तरिकाले ट्रेनिङ गर्दा अनौठो अनुभव भएको र सुरक्षित महसुस गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment