Comments Add Comment

बर्दियामा क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु

१४ जेठ, काठमाडौं । बर्दियामा क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नम्बर ९ का ५५ वर्षीय पुरुष व्यक्ति रहेका छन् । उनी मंगलबार राति ११ बजे अछामबाट गुलरिया आएका थिए ।

नगर प्रमुख मुक्तिनाथ यादवका अनुसार उनी छोरासँगै अछामबाट मजदुरी गरी फर्किएका थिए । अछामबाट आएका उनीसहित १३ जना व्यक्तिहरु गुलरिया–४ स्थित बबई बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका थिए । झण्डै सात घण्टा क्वारेन्टाइनमा बसेका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि जिल्ला अस्पताल गुलरिया लैजाने क्रममा बाटोमा नै मृत्यु भएका नगरप्रमुख यादवले अनलाइनखबरलाई बताए ।

नगरप्रमुख यादवले भने, ‘उनी दमका रोगी थिए । अछामबाट डोटीसम्म पैदल आएका रहेछन् । डोटीबाट भने गाडी चढेर गुलरिया आइपुगेका थिए । बिहान अचानक स्वाश्प्रश्वासमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो । तर अस्पताल पुग्न नपाउँदै उनको मृत्यु भयो ।’

कोरोना परीक्षणका लागि उनको स्वाब संकल कार्य भइसकेको उनले बताए । उनको मृत्युपछि बबई क्याम्पस सिल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment