Comments Add Comment

अनलाइन चेसमा नेपाली खेलाडीहरु छनोट चरणबाटै बाहिरिए

१५ जेठ काठमाडौं  । एसियन चेस महासंघको आयोजनामा भएको एसियन जुनियर एण्ड गर्ल्स अनलाइन चेस च्याम्पियनसिप २०२० मा नेपालका सबै खेलाडीहरु छनोट चरणबाटै बाहिरिएका छन् ।

बुधबार भएको छनोट खेलमा सबै नेपाली खेलाडीहरु बाहिरिएको नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिसा खुम्बुले जानकारी दिइन् । एसियन जुनियर एण्ड गर्ल्स अनलाइन चेस च्याम्पियनसिप २०२०, ३.२ जोन अन्तरगत नेपाल, बंगालादेश, पाकिस्तान, श्रीलङ्का र मालदिभ्स रहेको समूहमा नेपालका तीन पुरुष र तीन छात्रा गरी ६ खेलाडीहरुले सहभागिता जनाएका थिए ।

स्वीस प्रणाली अन्तरगत ९ चरणको खेलमा जुनियर खुलातर्फ अबिश्रे श्रेष्ठले छैटौं स्थानमा रहँदै च्याम्पियनसिपलाई पूर्ण बिराम लगाए  । उनले ४ अंक प्राप्त गरे । यस्तै ३.५ अंकका साथ बिवेक श्रेष्ठ सातौ र ३.५ अंकका साथै निकेन कुशथा दशौं स्थानमा रहँदै प्रतिस्पर्धाबाट बाहिरिए । जुनियर खुुलातर्फ शीर्ष दुई स्थान बंगलादेशका खेलाडी भए भने तेश्रो स्थानमा श्रीलङ्काका खेलाडी भए ।

यस्तै छात्राहरु प्नि प्रतिसपर्धाबाट बाहिरिएका छन् । खुस्बु थापा सातौ, अनिशा न्यौपाने आठौं र कृतिसरा अधिकारी नवौं स्थानमा रहँदै प्रतिस्पर्धाबाट बाहिरिएका हुन् । थापा र न्यौपानेले ३.५ र अधिकारीले ३ अंक प्राप्त गरेका थिए । छात्रा तर्फ शीर्ष तीन स्थानमा बंगालादेश, श्रीलङ्का र बंगलादेशका खेलाडी रहे ।

पहिलो चरणमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरु फाइनल चरणका लागि छनोट भएका छन् ।

बिजेतालाई एसियन जुनियर (छात्रा) अनलाइन चेस च्याम्पियनसिप २०२० घोषित गरिनुका साथै शीर्ष तीन स्थान प्राप्त गर्नेलाई नगद एक हजार पाँच सय, उक हजार र पाँच सय डलर, स्वर्ण, रजत र कास्य, तथा प्रमाण पत्र प्रदान गरिने छ । यस्तै महिलातर्फ शीर्ष तीनले सात सय ५०, पाँच सय र २५० डलर नगद पुरस्कारसहित स्वर्ण, रजत र कांस्यका साथै प्रमाण पत्र प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment