+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
२६ बलमा ५९ रन आवश्यक
चितवन राइनोज 2025
111/6 (15.4)
Shares

ओमानका सुल्तानले दिए गणतन्त्र दिवसको शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते २१:०७

१५ जेठ, युएई । नेपालको १३औं गणतन्त्र दिवसको अवसरमा ओमानका सुल्तान हाइथम बिन तारिकले शुभकामना सन्देश पठाएका छन् । ओमानमा रहेको नेपाली दूतावासमार्फत् राष्ट्रपति विद्यादेवी भण्डारीलाई उनले शुभकामना सन्देश पठाएका हुन् ।

शुभकामनामा सन्देशमा नेपाल र नेपाली जनताको सम्वृद्धिको कामना गरिएको छ । उनले सुख, स्वास्थ्यका साथै नेपाली जनताको निरन्तर प्रगतिको कामना गरेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिइन्।

सन्देशमा सुल्तान हाइथमले दुवै देश र जनताबीचको मैत्रीपूर्णसम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। यस्तै, ओमानमा रहेको नेपाली दूतावासले पनि गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गरेको छ।

राजदूत शर्मिला पराजुली ढकालद्वारा जारी शुभकामना सन्देशमा देश-विदेशमा रहेका नेपालीको सुख, शान्ति र प्रगतिको कामना गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?