+
+
Shares

बजेट उत्कृष्ट पनि होइन, निम्छरो पनि छैन : अर्थविद् अधिकारी

रोयल आचार्य रोयल आचार्य
२०७७ जेठ १५ गते २२:५०

१५ जेठ, काठमाडौं । अर्थविद् डा. चन्द्रमणि अधिकारीले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट औसत भएको बताएका छन्।

महामारीको बेला आएको बजेटलाई आफूले औसतमै लिएको उनले बताए । कतिपय शीर्षकमा खर्च कटौती गरिएको भन्दै उनले यसलाई सकारात्मक रुपमा लिएको बताएका छन् भने केही बुँदामा रहेको कमजोरीबारे समेत टिप्पणी गरेका छन्।

स्थानीय विकास साझेदारी कार्यक्रमको बजेट कटौती गर्नुपर्ने अर्थविद् अधिकारीले यसअघि पनि सुझाव दिएको थिए । एक तिहाइ मात्रै भए पनि बजेट काटिएको भन्दै यो ठिकै भएको बताए ।

‘अनिश्चितताको रुपमा आएको बजेट हो, यसलाई मैले औसत रुपमा लिएको छु’ उनले भने, ‘यो उत्कृष्ट बजेट पनि होइन, निम्छरो पनि होइन ।’

उनले नीति तथा कार्यक्रममा धेरै छरिएको तर बजेट त्यस्तो नआएको भन्दै यो राम्रो पक्ष भएको बताए । तर, बजेटले उत्पादन र रोजगारीलाई फोकस भने गर्न नसकेको बताए । उत्पादनका लागि जति कार्यक्रमहरू बनाउनुपर्ने थियो त्यो नभएको उनले बताए।

यस्तो छ उनको प्रतिक्रियाः–

अनिश्चितताको समयमा आएको बजेट हो। यसलाई मैले औसत रुपमा लिएको छु। यो उत्कृष्ट बजेट पनि होइन, निम्छरो पनि होइन।नीति तथा कार्यक्रममा धेरै छरिएको थियो । बजेट त्यस्तो आएन । बजेटको उद्देश्य र प्राथमिकता ठिक छन् ।

ती उद्देश्य र प्राथमिकतालाई ध्यान दिएर ल्याएको बजेटले आर्थिक वृद्धिको लक्ष्य भने हासिल गर्न गाह्रो छ । बजेटको आकार घटेको छ । बजेटको नौ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ त चालु खर्चमै जान्छ । पुनर्उत्थानमा धेरै जान सक्दैन । यसले धेरै सुधार गर्न सक्दैन । रोजगारीको लक्ष्य पूरा गर्न चुनौती देखेको छु ।

२२, २३ लाखलाई रोजगारी दिनु त्यति सहज छैन । स्वास्थ्य क्षेत्रका लागि ल्याएका कार्यक्रमहरू ठिक छन्। जीवन जोगाउन खोजेको छ, त्यो राम्रो हो। उत्पादन बढाउन र निजी क्षेत्रलाई खुसी बनाउन सक्दैन। आयकरमा छुट दिएको छ त्यो राम्रो कुरा हो । तर, यत्तिकै दरमा लगानी बढाउन सकिँदैन ।

उत्पादन बढाउन धेरै स्थान दिनुपर्ने त्यो भएन । धेरै कुराहरू गतसालकै विषयहरू पूरा गर्ने भनिएको छ। स्थानीय विकास साझेदारी कार्यक्रमको बजेट कटौती गर्ने हिम्मत गर्नुपर्थ्यो, थोरै भए पनि कटौती गर्‍यो यो राम्रै हो ।

विकास खर्च बढाउने क्षमता छैन । खर्च बढाउने रणानीति यस्तो बनाउन सकिन्छ भन्ने स्पष्ट भन्न सकेन। स्थानीय तहको क्षमता अभिवृद्धि गरेर काम गराउने कार्यक्रमहरू ल्याउन सकेन । ठूला राष्ट्रिय गौरवका आयोजनाहरूको हालत खराब छ ।

यसपालिको बजेटले पनि खासै राम्रो हुँदैन । यो बजेटबाट ठूलो अपेक्षा नगरौं। तर, नकारात्मक भने लिनुहुँदैन, समग्रमा बचाउन खोज्ने किसिमको बजेट आएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?