Comments Add Comment

बाबुराम भट्टराईको प्रस्ताव–सबैले नाम फेरौं, बाबुराम भट्टराई कामी लेख्दिउँ

१७ जेठ,काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले दलितमाथि जातको आधारमा हुने विभेद अन्त्य गर्नका लागि सबैले आफ्ना नाम थर परिवर्तन गर्न प्रस्ताव राखेका छन् ।

बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिने क्रममा डा.भट्टराईले हिजोको वर्ण व्यवस्थाका आधारमा श्रम गर्ने वर्गलाई दलित भनेर हेपिएको भन्दै श्रम, सीप भएको वर्गलाई हेपेपछि देशको विकास हुन नसक्ने बताए । उनले दलित भन्ने शब्द प्रयोग गर्ने वा नगर्ने बारे छलफल हुन सक्ने बताए ।

भट्टराईले भने, ‘तपाई हामी सबैले दलित नाम राखिदिउँ न । जस्तै बाबुराम भट्टराई कामी लेख्दिउँँ । एउटा विश्वकर्मा लेखौं । सबैले गरौं । भर्खरै रुकुकमा जे भयो परिकल्पना पनि गर्न सक्नि । त्यत्रो क्रान्तिको आधार इलाकामा यस्तो प्रतिक्रान्तिकारी हर्कत हुन्छ भने यसरी सामाजिक न्याय हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment