+

खेलाडीसहित २०० सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा परिचालन गरिने

२०७७ जेठ  १८ गते १८:०४ २०७७ जेठ १८ गते १८:०४
खेलाडीसहित २०० सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा परिचालन गरिने

१८ जेठ काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)मा रहेका खेलाडीलाई पनि कोरोनाभाइरस कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सीमा क्षेत्रमा परिचालन गरिने भएको छ ।

सुरक्षा अंकको रुपमा रहेका एपीएफमा अहिले झण्डै साढे तीन सयको हाराहारीमा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी छन् । केही खेलाडीले १३औं सागमा नेपालका लागि पदकसमेत जितेका थिए ।

खेलाडी भएपनि उनीहरुले संगठनको तालिम पनि गरेका हुन्छन् ।

त्यसैले राष्ट्रको लागि आइपरेको बेला खेलाडीलाई पनि परिचालन गर्न लागिएको एपीएफ स्रोतले अनलाइनखबरलाई जनाएको छ । ‘उनीहरु पनि प्रहरी नै हुन् । यहाँ आबद्ध भएका सबैले तालिम गरेका छन् । त्यसैले खेलाडी पनि यसमा जानु स्वभाविक हो,’ स्रोतले भन्यो ।

भारतसँग सीमा नाका कडाईको लागि खेलाडीसहित २०० जनाको टोलीलाई प्रदेश २ मा परिचालन गर्न लागिएको हो ।

एपीएफका खेलाडीहरुलाई हलचोकस्थित मुख्यालयमा ड्युटिमा राखिएको थियो र उनीहरुलाई स्ट्यानबाई पोजिसनमा राखिएको थियो ।

यसअघि पनि खेलाडीलाई उपत्यका बाहिर पठाउने तयारी भए पनि खेलाडीलाई मुख्यालयमा मात्रै ड्युटिमा खटाइएको हो ।

सशस्त्र प्रहरी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय