+
+

फोटो पत्रकारलाई ग्लोबल आइएमई बैङ्कद्वारा प्रेस ज्याकेट सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १९ गते ११:२३

ग्लोबल आइएमई बैङ्क लिमिटेडले विभिन्न जिल्लामा रहेर पत्रकारिता गर्ने फोटो पत्रकारहरूलाई प्रेस ज्याकेट उपलब्ध गराएको छ। आइतबार एक कार्यक्रमका बीच बैङ्कका नायब महाप्रवन्धक सुरेन्द्रराज रेग्मीले नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेलाई उक्त ज्याकेटहरू हस्तान्तरण गरे ।

बैङ्कमा आयोजित एक कार्यक्रममा बोल्दै बैङ्कका नायब महाप्रवन्धक रेग्मीले प्रेस ज्याकेटले फोटो पत्रकारहरूलाई बन्दाबन्दीको अवस्थामा रिपोर्टिङमा जाँदा सहज हुने अपेक्षा रहेको बताए ।

उनले नेपाल फोटो पत्रकार महासंघमार्फत फोटो पत्रकारहरूलाई सहयोग गर्न पाएकोमा खुसीसमेत व्यक्त गरे ।

नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेले बैङ्कले प्रदान गरेको प्रेस ज्याकेटले फोटो पत्रकारहरूलाई महामारीको अहिलेको जटिल परिस्थितिमा रिपोर्टिङमा सहज हुने बताए ।

उनले ज्याकेट सहयोगको लागि बैङ्कलाई धन्यवाद समेत ज्ञापन गरे ।

बैङ्कले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरूमा सहयोग गर्दै आएको छ। उक्त कार्यक्रममा महासंघका पदाधिकारीहरू तथा बैङ्कका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?