+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

विराटनगरस्थित श्री अस्पताल बन्द, तलब माग्दै कर्मचारीले घेरे सञ्चालककाे घर

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १९ गते १८:०३

१९ जेठ, विराटनगर । विराटनगरमा करिब ९ वर्षयता सञ्चालनमा रहेको श्री अस्पताल बन्द भएको छ । पूर्व जानकारीविना अस्पताल बन्द भएपछि त्यहाँ कार्यरत ४३ स्वास्थ्य कर्मचारी अलपत्र परेका छन् । शनिबारको बिदामा बसेका कर्मचारीले आइतबार एक्कासी अस्पताल बन्द भएको थाहा पाएका थिए ।

पाँच महिनायता तलब नपाएका कर्मचारीले जानकारीविनै अस्पताल बन्द गरेपछि सञ्चालक राजेश अग्रवालको घर घरेका छन् । सोमबार तलब माग गर्दै अग्रवालको घर घेरेका हुन् । अस्पतालमा लकडाउन यता बिरामीको चाप थिएन् । आर्थिक नोक्सानी भोगेका कारण अग्रवालले लकडाउन सुरु भएयता कर्मचारी समेत कटौती गरेका थिए । तर कार्यरत कर्मचारीलाई तलब नदिएका अग्रवालले एक्कासी अस्पताल बन्द गरेका थिए ।

अस्पतालमा कार्यरत कर्मचारी मध्ये केहीले पाँच महिना र केहीले ३ महिनायता पारिश्रमिक नपाएको अस्पतालमा कार्यरत कर्मचारी मनोज साहले बताए ।

पूर्वजानकारी विना अस्पताल बन्द गरेपछि तीन डाक्टरसहित ४३ कर्मचारीले अग्रवालको घर घेरेपछि प्रहरी टोली पुगेको थियो । डीएसपी बेदप्रसाद गौतमको नेतृत्वमा पुगेको प्रहरी टोलीले अस्पताल सञ्चालक र कर्मचारीबीच छलफल गराएको थियो । छलफलका क्रममा अग्रवाल तलब चुक्ता गर्न राजी भएका छन् । उनले प्रत्येक दिन १० जनाका दरले सबैको पारिश्रमिक भुक्तानी गरिदिने बताए ।

कालोबजारी गर्दा तीन लाख जरिवाना

कर्मचारीलाई जानकारी नदिई अस्पताल बन्द गरेका सञ्चालक अग्रवाल यसअघि मास्क कालोबजारी प्रकरणमा मुछिएका थिए । गत चैत ९ गते स्थानीय प्रशासनले अग्रवाललाई मास्क लुकाएको भेटेपछि तीन लाख रुपैयाँ जरिवाना गराएको थियो ।

स्थानीय प्रशासनले विराटनगर–९ घोगापुल चोक अग्रवालले आफ्नै घरमा सञ्चालन गरेको श्री सुरजी इन्पेक्समा लुकाएको अवस्थामा ११ हजार ३ सय ५० पिस मास्क बरामद गरेको थियो ।
वाणिज्य कार्यालय, विराटनगर महानगरपालिकासहितको अनुगमन टोलीले मास्क र सेनिटाइजर कालोबजारीका लागि लुकाएको पाइएपछि सञ्चालक अग्रवाललाई तीन लाख रुपैयाँ जरिवाना गराएर छाडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?