+
+
Shares

विराटनगरमा पोखरीबाट शव उठाउने क्रममा तनाव, २१ सेल अश्रुग्याँस प्रहार

विराटनगरको सीमावर्ती क्षेत्रमा गाँजा तस्करीका क्रममा प्रहरीलाई देखेर पोखरीमा हाम फालेर मृत्यु भएका युवकको शव उठाउने विवाद हुँदा प्रहरीले बल प्रयोग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १८:५७

२६ असार, विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रमा गाँजा तस्करीका क्रममा प्रहरीलाई देखेर पोखरीमा हाम फालेर मृत्यु भएका युवकको शव उठाउने विवाद हुँदा प्रहरीले बल प्रयोग गरेको छ ।

गाँजा तस्करीको आरोपमा प्रहरीले लखेट्दा पोखरीमा हाम फालेर ज्यान गुमाएका १७ वर्षीय मञ्जितकुमार यादवको शव उठाउने क्रममा शुक्रबार दिउँसो विराटनगरको भेडियारीमा तनाव भएपछि प्रहरीले बल प्रयोग गरेको हो ।

गत बुधबार ६ किलो गाँजासहित प्रहरीले रोक्न खोज्दा मोटरसाइकल छाडेर भागेका यादव भेडियारी पोखरीमा बेपत्ता भएका थिए । उनीसँगै भारतीय नम्बर प्लेटको बीआर ५० एएल ३६८७को मोटरसाइकलमा सवार रहेका भारतीय नागरिक ४१ वर्षीय शिवधर यादवलाई नियन्त्रणमा लिएको छ । उनको साथबाट प्रहरीले ६ किलो १२० ग्राम गाँजा बरामद गरेको छ ।

पोखरीमा बेपत्ता युवकको शुक्रबार बिहान शव फेला परेपछि आफन्त र स्थानीयले क्षतिपूर्ति र दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै शव उठाउन अवरोध गरेका थिए । त्यसपछि प्रहरीमाथि स्थानीय ढुंगामुढा गरे ।

भिडलाई तितरबितर पारी स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले २१ सेल अश्रुग्याँस प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए ।

झडपका क्रममा दुई जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । प्रहरीले दुई जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको उनले बताए ।

अवस्था  सामान्य बनेपछि प्रहरीले शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल ल्याएको छ ।

पोस्टमार्टमपछि शव आफन्तलाई बुझाइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?