Comments Add Comment

लियाम प्लनकेटले भने- भविष्यमा अमेरिकाबाट खेल्न सक्छु

२० जेठ, काठमाडौं । इंग्ल्याण्डका फास्ट बलर लियाम प्लन्केटले भविष्यमा अमेरिकाको लागि खेल्नेबारे आफू खुल्ला रहेको बताएका छन् ।

३५ वर्षीय प्लन्केटको श्रीमती अमेरिकन हुन् । उनले गत वर्ष विश्वकप जितेयता इंग्ल्याण्डका लागि खेलेका छैनन् । यस्तै इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले गत साता ट्रेनिङका लागि बोलाएको ५५ खेलाडीको सूचीमा पनि प्लन्केट अटाएनन् ।

प्लनकेटले अमेरिकामा कुनै क्रिकेटमा संलग्न हुनु राम्रो रहेको समेत बताएका छन् ।

‘त्यहाँ कुनै तरिकाले क्रिकेटमा संलग्न हुनु राम्रो हुन्छ,’ उनले भने, ‘मेरा बच्चाहरू अमेरिकन हुन सक्छन्, त्यसैले उनीहरूलाई मैले इंग्ल्याण्ड र अमेरिकाको लागि खेलेको छु भन्दा कत्ति रमाइलो हुन्छ ।’

अमेरिकाले २०१९ को शुरुवातमा एकदिवसीय अन्तर्राष्ट्रिय को मान्यता पाइसकेको छ । जहाँ वेष्टइन्डिजका पूर्व खेलाडी ज्याभिएर मार्सल, ह्याम्पसायरका अलराउण्डर इयान होल्याण्ड र दक्षिण अफ्रिकन पूर्व खेलाडी रस्टी थेरोन जस्ता खलाडी पनि छन् ।

आफूले अमेरिकामा बसोबास गर्ने सम्भावना रहेको बताएका प्लनकेटले खेलको लागि योग्य हुन तीन वर्ष त्यहाँ स्थायी बसोबासको प्रकिया पूरा गर्नुपर्नेछ ।

‘म अंग्रेजी हुँ र म सधैँ इंग्लिसम्यान हुनेछु, तर यदि म अझै फिट छु र उच्चस्तरमा खेल्ने अवसर छ भने किन म नखेल्ने ?’ प्लनकेटले टफर्स र भोगनसँग बीबीसी रेडियो फाइभ लाइभमा भने, यदि म त्यहाँ जान्छु र अमेरिकाको नागरिक हुन्छु वा ग्रीन कार्ड पाउँछु भने म क्रिकेट विकासलाई मद्दत गर्न सक्छु, विशेष गरी भर्खरै इंग्ल्याण्डको लागि खेलेको व्यक्ति भए । त्यसमा संलग्न हुन पाउनु राम्रो हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment