Comments Add Comment

नेपाल आउन नपाएको भन्दै भारतीय एजेन्टले रोके भन्सार जाँचपास प्रक्रिया

२० जेठ, काठमाडौं । भारतको सुनौली भन्सारलाई केन्द्र बनाएर काम गर्ने भारतीय ट्रान्पोर्टर र क्लेयरिङ एजेन्टले काम बन्द गर्ने घोषणा गरेका छन् । भन्सार क्लेयरिङ प्रक्रियाका लागि नेपालको भैरहवाको भन्सार कार्यालयमा आएर काम गर्न नदिइएको भन्दै उनीहरुले भन्सार जाँचपासको प्रक्रिया रोक्ने निर्णय गरेका हुन् ।

यसको जानकारी उनीहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देही र भैरहवा भन्सारलाई पनि दिएका छन् । भारतको सुनौली ट्रान्सर्पोट एन्ड क्लेयरिङ एसोसियसनले लेखेको पत्रमा भन्सार जाँचपास गर्न भैरहवा भन्सार कार्यालयसम्म आउन नपाउँदा अनेकन समस्या भएको उल्लेख छ ।

एजेन्टहरु नेपाल आउन नपाउँदा भारतबाट छुटेका गाडी नेपाली भन्सरमा २/३ दिन रोकिएको एसोसियसनको गुनासो छ । गाडीलाई भाडा दिन, नेपालमा भन्सार रजस्व जम्मा गर्न, नेपाल इन्टरमोडलको रसिद काट्न, भन्सारबाट गाडी निकाल्न र सामान जाँच गर्न धेरै समय लागेको संघले बताएको छ ।

यस्तो समस्या हल गर्न भारतबाट नेपालतर्फ आउन लाग्दा बेलहिया प्रहरीले रोकेकाले समस्या थपिएको एसोसियसनले पत्रमा उल्लेख गरेको छ ।

संघले भारतीय एजेन्टलाई तुरुन्त नेपालतर्फको भन्सारमा काम गर्न आउन दिने व्यवस्था माग गरेको छ । त्यसका लागि एसोसियसनले परिचय खुल्ने गरी परिचयपत्रको व्यवस्था गर्ने प्रतिवद्धता गरिएको छ । एजेन्टहरुले काम सेकपछि आफूहरु स्वदेश फर्किहाल्ने बताएका छन् ।

यदि आफ्नो शर्तहरु पुरा नभएसम्म भन्सार जाँचपासमा सहजीकरणको काम बन्द गर्ने उनीहरुको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment