Comments Add Comment

जन्मदिनको अवसरमा १५८ परिवारलाई खाद्यान्न सहयोग

काठमाडौं । बेलायत बस्दै आएका चितवनका युवा व्यवसायी विष्णु खरेलले जन्म दिनको अवसरमा धादिङ र चितवनमा खाद्यान्न सहयोग गरेका छन् ।

लकडाउनले प्रभावित भएका धादिङको ज्वालामुखी गाउँपालिका-७ माथिल्लो रामपुरमा ६८ घरपरिवारलाई साढे एक लाख बराबरको खाद्यन्न सहयोग गरेका हुन् ।

एनआरएनए युकेका सल्लाकार तथा अन्तर्राष्ट्रिय धादिङ समाजका प्रवक्ता राजन खकुरालको संयोजनमा राहत वितरण गरिएको हो ।

यस्तै यही जेठ १८ गते चितवनको चेपाङ बस्तीका ९० परीवारलाई पनि एक महिना पुग्ने खाद्यान्नलगायतका सामग्री हस्तान्तरण गरिएको छ ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ र विष्णु खरेलका बुवा चुडामाणि खरेल र आमा चन्द्रकला खरेलसहितको उपस्थितिमा राहत प्रदान गरिएको हो ।

जन्मदिनको अवसरमा खरेलले बेलायतको ग्रेसटस्थित आफ्नो ‘बेलिफ रेष्टुरेन्ट’ मा ‘टेक अवे च्यारिटी’ आयोजना गरेका थिए ।

उनले दिनभरको व्यवसायबाट जम्मा भएको सबै १८ सय १ पाउण्ड राहतका लागि सहयोग प्रदान गरेका हुन् ।

यसअघि फेसबुकमा ‘जस्ट गिभिङ’ मार्फत पनि उनले ७४३ पाउण्ड जुटाएका थिए। दुवै माध्यमबाट संकलित कुल २५ सय ४४ पाउण्डको (करिब ३ लाख ७० हजार रुपया) उठाएका थिए।

यसअघि विष्णुले आफ्नो छोरीको जन्म दिनको अवसरमा पनि धादिङको ज्वालामुखी गाउँपालिका- ७ मा रहेको स्थानापति आधारभुत विद्यालयमा अध्ययन गर्ने २६ जना विद्यार्थीहरुलाई दुई/दुई हजारको दरले सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment