Comments Add Comment

साक्षरता अभियानमा युवाको भूमिका

सामान्य अर्थमा साक्षरता भन्नाले अक्षरमा लेखिएका सूचनालाई पढ्न सक्नु, लेख्न सक्नु र दैनिक जीवनमा आइपर्ने समस्यालाई समाधान गर्न सक्ने क्षमतालाई बुझाउँछ । साक्षरता व्यक्तिको त्यो क्षमता हो जसले मुद्रित सामग्रीको प्रयोग गरी परिवेशअनुसार समस्याको पहिचान गर्ने, बुझ्ने, व्याख्या गर्ने र गणितीय समस्या समाधान गर्ने कार्य गर्न सक्छ । समयको परिवर्तनसँगै साक्षरताको परिभाषामा पनि व्यापक परिवर्तन र परिमार्जन हुँदै आएको छ। सुरुमा लेख्न, पढ्न र गणना गर्न सक्नुलाई साक्षर मानिएकोमा आजकल त्यति मात्र नभई साक्षरता भन्नाले आलोचनात्मक सचेतना, सामाजिक क्रियाकलाप, आर्थिक रूपमा उत्पादनशील र सांस्कृतिक सम्पन्नता भन्ने बुझिन्छ।

विगत १० वर्षदेखिका हरेक बजेट भाषण सुन्दा र पढ्दा मन खुसी हुने र आशा पलाउने एउटा नारा प्रायस् जसो दोहोरिरहन्छ । ‘अबको १∕२ वर्षभित्र नेपाललाई साक्षर नेपाल घोषणा गरिने छ ।’ तर त्यो १/२ वर्ष कहिले आउँछ भन्ने न त सरकारलाई थाहा छ न त शिक्षाविद् वा सर्वसाधारणलाई नै थाहा छ ।

हुन त साक्षर नेपाल घोषणा हुँदैमा हाम्रो देशका सबै नागरिक सचेत हुनेछन्, चेतनाको स्तरमा परिवर्तन हुनेछन्, सभ्य हुनेछन्, देशको विकास हुनेछ भन्नु मिथ्या मात्र हुनेछ । किनकि साक्षर जिल्ला घोषणा भएका जिल्लाको साक्षरता स्थिति र चेतनाको स्तर घाम जस्तै उज्यालो छ । काठमाडौंको तीनकुनेमा रोपिएको दुबो चोर्ने र पशुपति क्षेत्रबाट फूल चोर्ने नागरिक साक्षर जिल्ला घोषणा भएकै जिल्लाका नागरिक हुन् ।

यद्यपि साक्षर नेपाल घोषणा भए बजेटमा केही नयाँ कार्यक्रमको समावेश हुन्थे कि भन्ने मात्रै हो ।

नेपाललाई साक्षर देश घोषणा गर्नको लागि कम्तीमा एक युवाले एक जनालाई म शिक्षित बनाउँछु भनी प्रण गरेमा र कम्तीमा आफ्नो परिवारलाई साक्षर बनाउन सक्छु भनी अगाडि बढेमा र सबैले आ-आफ्नो ठाँउबाट रचनात्मक सहयोग र सहकार्य गरेमा अवश्य पनि नेपाल शिक्षित देशको दर्जामा अङ्कित हुनेछ ।

साक्षरताको इतिहास हेर्ने हो भने नेपालको पहिलो शिक्षा प्रतिवेदन २०११ बाट नै प्रौढ शिक्षा कार्यक्रमको थालनी भएको पाइन्छ। तथापि त्योभन्दा पहिला पनि साक्षरता कार्यक्रम सञ्चालन भएको पाइन्छ । विसं २०१३ बाट नेपालमा योजनाबद्ध रुपमा प्रौढ साक्षरता कार्यक्रम सञ्चालनमा आएको पाइन्छ। यसैगरी साक्षरता शिक्षालाई जीवन पद्धतिसँग आबद्ध गर्न विसं २०२२ साल देखि कार्यमूलक साक्षरतालाई समावेश गरियो। साक्षरता शिक्षालाई संस्थागत संरचनामा विस्तार गर्न विसं २०३७ सालदेखि शिक्षा मन्त्रालयमा प्रौढ शिक्षा शाखाको स्थापना गरियो । त्यसपछिका समय समयमा विकास गरिएका विभिन्न प्रतिवेदन, नीतिनियमहरूमा साक्षरतालाई जोडतोडका साथ समावेश गरिएको पाइन्छ। विसं २०६५/२०६६ सालमा दुईपटक गरी जम्मा ६ वर्षको राष्ट्रिय साक्षरता अभियान सरकारी र गैरसरकारी क्षेत्रको सहकार्यमा सञ्चालन गरियो । शिक्षा मन्त्रालयले सोही समयबाट १५ देखि ६० वर्ष उमेर समूहका ९५५ बढी नागरिक साक्षर भएका सम्बधित क्षेत्र एवं जिल्ला वा राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने नीति अवलम्बन गरेको पाइन्छ । यही नीतिका आधारमा साक्षर जिल्ला घोषणा गर्ने परिपाटीको विकास भएको हो फलस्वरुप विसं २०७१ असार २ गते सिन्धुपाल्चोक जिल्लालाई साक्षर जिल्ला घोषणा गरियो ।

गत वर्षको बजेट वक्तव्यमा ७० जिल्लालाई पूर्णसाक्षर बनाउने लक्ष्य लिएकोमा जम्मा ५३ जिल्लालाई मात्र साक्षर घोषणा गरियो जुन लक्ष्यभन्दा १७ प्रतिशत कम हो । लक्ष्यअनुसार काम नहुनु नेपालको पुरानै रोग हो । प्रत्येक वर्ष के, किन र कसरी लक्ष्य प्राप्त गर्न सकिएन भनेर समीक्षा गर्नुको साटो सुगाको रटानजस्तै आगामी वर्ष नेपाललाई साक्षर घोषणा गरिने छ भने एउटै नारा वर्षौंदेखि नयाँ वर्षझैं दोहोरिरहन्छ अझैं कति वर्ष दोहरिन्छ भन्न सकिने अवस्था छैन।

सरकारलाई दोष लगाउन सजिलो छ यो गरेन त्यो गरेन भन्न धेरै सजिलो छ । मजस्ता युवाले गर्ने भनेकै आलोचना हो आफूले त सिन्को पनि भाँच्ने होइन । तर मजस्ता हजारौं शिक्षित युवाको साक्षरता अभियानमा भूमिका के रु के हामी आ-आफ्नो ठाँउबाट शिक्षित नेपाल घोषणा गर्न सहयोग गर्न सक्दैनौं रु के आफ्ना परिवारका सदस्य तथा घर वरिपरिका अशिक्षित व्यक्तिलाई सामान्य लेखपढ गराउन सक्दैनौं वा आलोचना मात्र गर्ने हो रु प्रश्न हामी शिक्षित युवातर्फ सोझिन्छ। हो, अवश्य पनि हामी सबै युवाले रचनात्मक सहयोग गर्ने, आफ्ना परिवारका सदस्यलाई सिकाइमा सहजीकरण गर्ने हो भने अवश्य पनि साक्षर नेपाल घोषणा गर्न धेरै समय लाग्दैन ।

साक्षर नेपाल वर्ष २०७६ अवधारणा पत्रले साक्षरता सिकाइको ढाँचामा उल्लेख गरेका ४ वटा सिकाईका ढाँचा स् इच वन टच वन, समूह प्रणाली, परिवार साक्षरता, कक्षागत प्रणालीमध्ये यदि दुई वटा ढाँचा इच वन टच वन र परिवार साक्षरताको अवधारणलाई हामी शिक्षित युवाले मनन गर्ने हो भने त्योदिन धेरै टाढा छैन ।

नेपाललाई साक्षर देश घोषणा गर्नको लागि कम्तीमा एक युवाले एक जनालाई म शिक्षित बनाउँछु भनी प्रण गरेमा र कम्तीमा आफ्नो परिवारलाई साक्षर बनाउन सक्छु भनी अगाडि बढेमा र सबैले आ-आफ्नो ठाँउबाट रचनात्मक सहयोग र सहकार्य गरेमा अवश्य पनि नेपाल शिक्षित देशको दर्जामा अङ्कित हुनेछ ।

(बिष्ट त्रिभुवन विश्वविद्यालयमा शिक्षा शास्त्र संकायको स्नातकोत्तर तहका विद्यार्थी हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment