Comments Add Comment

ठगीको आरोपमा एक महिला पक्राउ

२० जेठ, जनकपुरधाम । सस्तोमा ग्यास चुल्हो र सिलिण्डर उपलब्ध गराउने भन्दै सर्वसाधरणसँग रकम असुली गरी ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा सर्लाहीकाे गोडैता नगरपालिका-३ बस्ने राजरानी कुमारी कुशवाहा रहेकी छन् । उनले जिल्ला प्रशासन कार्यालय रौतहटमा नेपाल लाइफ सेटल च्यारिटी ट्रष्ट नामक संस्था दर्ता गराई रौतहटकै चन्द्रपुर-४ मा कार्यालय राखेको बताएकी थिइन् । सोही ट्रष्टले गरिब तथा विपन्न परिवारलाई सस्तोमा चुल्हो र सिलिण्डर उपलब्ध गराउने भन्दै उनले सर्वसाधरणसँग ३ हजार ५ सय रुपैयाँ असुली गरेको पीडितहरुले बताएका छन् ।

आफ्नो कार्यालयलाई मलेसिया सरकारको आर्थिक सहयोग रहेको दाबी गर्दै उनले ठगी धन्दा चलाएको पीडितहरुको आरोप छ ।

सर्वसाधरणसँग पैसा उठाएर राजारानी सम्पर्कविहीन बनेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

उनलाई सोमबार पक्राउ गरी ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको प्रवक्ता कुँवरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment