Comments Add Comment

कांग्रेसका ८ सांसदले दर्ता गरे संविधान संशोधन विधेयक

२० जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका ८ सांसदले संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् ।

प्रदीप गिरी, चित्रलेखा यादव, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, चेजुलाल चौधरी, अभिशेकप्रताप शाह, नमिता चौधरी र पद्य्मनारायण चौधरीले मंगलबार संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार संशोधन विधेयक दर्ता गराएको उनीहरुले बताएका छन् । सांसद अमरेशकुमार सिंहले भने, ‘केन्द्रीय कार्यसमितिको निर्णय अनुसार नै यो विधेयक दर्ता गरेका हौं ।’

कांग्रेस सांसदहरुले गैरसकारी विधेयकका रुपमा दर्ता गराएको संशोधन विधेयकमा प्रदेशको सीमाना हेरफेर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संशोधन गर्ने प्रस्ताव छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment