+
+
Shares

विप्लव कार्यकर्ताले जलाए एमसीसी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते ६:४४

२१ जेठ, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सम्झौता बुटवलमा जलाएका छन् ।

सम्झौताको ७७ पृष्ठको नेपालीप्रति बुटवलको देवीनगरमा मंगलबार साँझ जलाइएको हो ।

सम्झौता जलाउँदै नेकपा रुपन्देहीका जिल्ला इन्चार्ज संगम पुनले एमसीसी देशको लागि घातक हुने दावी गरे । उनले संसदबाट एमसीसी पारित गरे पनि कार्यक्रम संचालन हुन नदिने घोषणा गरे ।

लुम्बिनी ब्युरोका नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा र कपिलवस्तु जिल्लामा समेत एमसीसी सम्झौता जलाइएको विप्लव समूहले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?