Comments Add Comment

जुलाईमा इंग्ल्याण्ड र वेष्ट इन्डिजबीच क्रिकेट हुने, २१ दिनमा तीन टेष्ट खेल्ने

२१ जेठ, काठमाडौं । इंग्ल्याण्ड र वेष्ट इन्डिजबीच आगामी जुलाईमा अन्तर्राष्ट्रिय क्रिकेट खेल हुने भएको छ । कोरोना भाइरस महामारीका कारण स्थगित भएको क्रिकेट जुलाईमा फेरि शुरु हुन लागेको हो ।

इंग्ल्याण्ड र वेष्ट इन्डिजले जुलाईमा २१ दिनको अन्तरमा ३ टेष्ट खेल्ने भएका छन् । तीन टेष्ट क्लोज डोरमा हुनेछ भने बाओ सेक्युर भेन्यु हुनेछ ।

इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्ड (इसीबी)ले अन्तर्राष्ट्रिय क्रिकेट फर्काउने योजना अनुसार तीन टेष्टको लागि मिति र भेन्यु प्रस्ताव गरेको छ । यद्यपी यो बेलायत सरकारबाट स्वीकृत हुन बाँकी छ ।

बोर्डले सार्वजनिक गरेको तालिका अनुसार पहिलो टेष्ट जुलाई ८ मा साउथह्याम्पटनको एजेएज बोलमा सुरु हुनेछ ।

यस्तै दोस्रो र तेस्रो टेष्ट एमिरेट्स ओल्डट्राफोर्डमा हुनेछ । दोस्रो टेष्ट जुलाई १६ र तेस्रो खेल जुलाई २४ मा सुरु हुनेछ तालिका छ ।

सिरिजका लागि वेष्ट इन्डिजको टोली जुन ९ मै इंग्ल्याण्ड जाने र ओल्डट्राफोर्डमा शुरुवाती क्वारेन्टिन बस्ने र त्यही ट्रेनिङ गर्ने इसीबीले जनाएको छ ।

यी दुई टोलीबीच यसअघि जुन ४ देखि २९ सम्म टेष्ट हुने तय थियो र कवरोनाभाइरस महामारीले उक्त खेल स्थगित गरिएको थियो ।

बोर्डले पाकिस्तान, अष्ट्रेलिया र आयरल्याण्ड विरुद्धको सिरिजका लागि पछि निर्णय गर्ने जनाएको छ ।

इसीबीका डिरेक्टर स्टिभ एलवर्थीले सरकार र मेडिकल टिमसंग दैनिक छलफलमा रहेको बताए । उनले यो प्रस्तावित मिति भएकोले सरकारको स्वीकृति बाँकी रहेको बताए ।

गत साता मात्रै बोर्डले ५५ खेलाडी बोलाएर ट्रेनिङ शुरुवात गरिसकेको छ ।

यसैगरी भारत र दक्षिण अफ्रिका विरुद्ध खेल्ने तयारीमा रहेको महिला टिमको खेल तालिका पनि पछि सार्वजनिक गरिने बोर्डले जनाएको छ ।

अप्रिल १२ देखि शुरु हुने भनिएको डोमेस्टिक काउन्टी सिजन पनि महामारीका कारण अगष्ट १ सम्मका लागि रोकिएको छ ।

क्लोज डोरमा खेल हुनुअघि सम्पूर्ण खेलाडीको टेष्ट गरिनेछ ।  यस्तै खेलाडीहरु, ग्राउण्ड स्टाफ, अफिसियल  बस्ने क्षेत्र छुट्टाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment