+
+
Shares

बोर्ड अध्यक्षका लागि भुवन, दयाराम र राजेशको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते १०:२६

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएकामध्ये ३ जनाको नाम सिफारिस गरिएको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले नायक भुवन केसी, निर्देशक दयाराम दाहाल र संस्कृतिकर्मी राजेश थापाको नाम सिफारिस गरेको हो । बोर्ड अध्यक्षका लागि अन्य ७ जना चलचित्रकर्मीले पनि आवेदन दिएका थिए ।

१० जनाको आवेदन परेपछि सूचना प्रविधि मन्त्रालयकी सह-सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । समितिले तीन चलचित्रकर्मीको नाम सिफारिस गरेर पठाएको छ । अब बस्ने मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष चयन गर्नेछ।

मंसिरको २९ गते चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईको निधन भएपछि बोर्डमा अध्यक्ष पद रिक्त छ । अहिलेको विषम परिस्थितिमा चलचित्र क्षेत्रलाई चलायमान बनाउन पनि विकास बोर्डमा अध्यक्ष नियुक्ति गर्न आवश्यक छ ।

समितिले सिफारिस गरेका तीन जना व्यक्तिहरू नै बोर्ड अध्यक्षका लागि बलियो प्रतिस्पर्धी मानिएका छन् । तर चलचित्र विकास बोर्डको अध्यक्ष हुने व्यक्तिका लागि कार्यकाल सहज भने छैन ।

चलचित्र क्षेत्र नै पछाडि धकेलिएको अवस्थामा बोर्ड अध्यक्षको टाउकोमा जिम्मेवारीको ठूलो चाङ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?