+
+
Shares

गुल्मीमा भारतबाट आएका ३६०१ जना क्वारेन्टिनमा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते १३:२४

२१ जेठ, गुल्मी । गुल्मीमा पछिल्लो समय भारतबाट आउनेको संख्यामा दैनिकजसो बढ्दै गएको छ । हालसम्म तीन हजार ६०१ जना जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।

क्वारेन्टिनमा तीन हजार २७२ जना पुरुष र ३२९ जना महिला छन् । उनीहरु सबै भारतबाट आएका हुन् ।

प्रत्येक स्थानीय तहमा कम्तिमा एकहजार नागरिक भारतबाट आउने अनुमान छ । भारतबाट आउनेहरुको वृद्धि भइरहेकोले पालिकाभित्रका सम्पूर्ण सरकारी तथा सामुदायिक भवनहरुमा उनीहरुको व्यावस्थापन गरिएको छ ।

हाल रेसुङ्गा नगरपालिकामा ३४४ जना, मुसिकोट नगरपालिकामा ५६२ जना, रुरु गाउँपालिकामा २०७ जना व्यक्ति क्वारेन्टाइनमा बसेका छन् । त्यस्तै चन्द्रकोट गाउँपालिकामा १५९ जना, छत्रकोट गाउँपालिकामा ३७७ जना, इस्मा गाउँपालिकामा ४११ जना, मालिका गाउँपालिकामा २४७ जना रहेका छन् ।

जिल्लाको धुर्कोट गाउँपालिकामा ४३९ जना, कालीगण्डकी गाउँपालिकामा ७१ जना, सत्यवती गाउँपालिकामा १९८ जना, गुल्मीदरबार गाउँपालिकामा ३४८ जना, मदाने गाउँपालिकामा २३८ जना भारतलगायतका मुलुकबाट आएर क्वारेन्टिनमा बसेका छन् ।

जिल्लामा हाल ६७ वेडको आइसोलेसन तयार गरिएको छ । जसमा एकजना महिला र ५ जना पुरुष गरी ६ जना व्यक्तिको उपचार भइरहेको छ ।

हालसम्म जिल्लाभर ५४६ आरडीटी परीक्षण र ३५३ जनाको पीसीआर परिक्षण गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । पीसीआर परीक्षणको लागि पठाइएका १८८ जनाको रिर्पोट आउन बाँकी छ ।

जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ५ पुगेको । त्यसमध्ये एकजना निको भएर घर फर्केका छन् भने एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । बाँकी ३ जनाको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?