+
+

कोरोना नियन्त्रण र राहतमा १० अर्ब खर्च

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते १९:२०

२१ जेठ, काठमाडौं । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि तीन तहको सरकारले अहिलेसम्म करिब १० अर्ब रुपैयाँ खर्च गरेको छ ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारले गरेर यो रकम खर्च भएको हो ।

कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड र प्रदेशहरुबाट १ अर्ब ८ करोड खर्च भएको छ । यस्तै स्थानीय तहहरुबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको छ । अझै स्थानीय तहहरुले गरेको खर्चको पूर्ण विवरण नआएको सचिव विडारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?