+
+

प्रधानमन्त्री र विज्ञबीच ४ घण्टा छलफल : लकडाउन खुकुलो बनाउन सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते २२:०८

२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विज्ञहरुसँग परामर्श गरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरेपछि प्रधानमन्त्री ओलीले जनस्वास्थ्य र अर्थविदहरुसँग पहिलो पटक गरेको छलफल झण्डै चार घण्टा चलेको थियो ।

बालुवाटारमा भएको छलफलमा विज्ञहरुले लकडाउन खुकुलो बनाउन सुझाव दिएका छन् । तर मोडालिटीबारे भने उहाँहरुले आआफ्नो तरिका सुझाउनु भएको छ’ छलफलमा सहभागी एकले भने ।

सबैको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले आधाभन्दा बढी सम्बोधन गरेका थिए । उनले पूर्वीय दर्शन र नेपाली औषधिजन्य जडिवुटीबारे पनि ध्यान दिन सुझाएका छन् । साथै सबैले उच्च मनोबल बनाउनुपर्नेमा जोड दिएको एक सहभागीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?