+
+

लकडाउनमा समाजसेवासँगै यसरी गर्दैछन् साहरुखले फिल्मको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २२ गते ११:५३

बलिउड नायक साहरुख खानले लकडाउनको समयमा सामाजिक कामलाई तीव्रता दिइरहेका छन् । साहरुखले कोरोना भाइरससँग जुध्नका लागि गरिरहेको सहयोगको सर्वत्र प्रशंसा पनि भइरहेको छ।

उनै साहरुख खानले लकडाउनको समयमा नै आफ्नो नयाँ चलचित्रको तयारीलाई पनि तीव्रता दिएका छन् ।

साहरुखले नयाँ चलचित्रका लागि निर्देशक, लेखक र छायाकार फाइनल गरिसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् । साहरुखको नयाँ चलचित्रलाई राजकुमार हिरानीले निर्देशन गर्ने बताइएको छ।

लकडाउन पूर्ण रुपमा खुलेसँगै साहरुखले यो चलचित्रको छायांकन सुरु गर्नेछन् । यो चलचित्रलाई सामाजिक कथावस्तुमा तयार पारिने बताइएको छ ।

यसपटक साहरुख सरकारले सञ्चालन गरिरहेको जनचेतनामूलक कुनै कथालाई कमेडी शैलीमा पर्दामा उतार्ने प्रयास गर्नेछन् । राजकुमार हिरानी सामाजिक कथामा चलचित्र बनाउन माहिर मानिन्छन् ।

सन् २०१८ मा चलचित्र ‘जिरो’ रिलिजपछि साहरुखको नयाँ चलचित्रको घोषणा पनि भएको छैन । साहरुख दुई वर्षको अन्तरालपछि आउँदो वर्ष मात्र नयाँ चलचित्रको साथ दर्शकमाझ आउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?