Comments Add Comment

जनकपुरमा प्रहरीबाट कुटिए व्यापारी

२२ जेठ, जनकपुरधाम । लकडाउनको उल्लङ्घन गरी पसल खोलेको भन्दै जनकपुरधामका व्यापारी प्रहरीबाट कुटिएका छन् ।

स्थानीय जानकी चोकमा गीता गिफ्ट हाउस सञ्चालन गर्दै आएका व्यापारी श्याम चौधरी र उनका बुबा झगरु चौधरीलाई प्रहरीले निर्घात कुटेका हुन् । व्यापारी चौधरीले थोरै सटर खोलेर भित्र पस्न लाग्दा प्रहरीले बाहिर तानेर लाठीले हिर्काउन थालेको बताए ।

घटनाप्रति जनकपुर उद्योग वाणिज्य संघले दुःख व्यक्त गर्दै भत्सर्ना गरेको छ ।

संघका अध्यक्ष ललित कुमार साह र महासचिव जितेन्द्रकुमार महासेठले संयु्क्त विज्ञप्ति जारी गर्दै दोषी प्रहरीमाथि कडा कारबाही गर्न माग गरेका छन् । बन्दाबन्दीको ७२ दिन भइसक्दा पनि उद्योगी व्यवसायी धैर्यताका साथ यसको पालना गरिरहेको अवस्थामा यस्ता घटनाहरु हुन नदिन दुवै पक्षलाई संयमता अपनाउन विज्ञप्तिमा अपिल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment