Comments Add Comment

प्रदेश २ को प्रदेशसभाका ५ मर्यादापालकमा कोरोना संक्रमण

२२ जेठ, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको सुरक्षार्थ खटिएका ५ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखापरेको छ ।

प्रदेशसभाका सांसद, कर्मचारी र सुरक्षाकर्मीको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको हो । उनीहरु नेपाल प्रहरीका कर्मचारी रहेका धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । प्रदेश २ को प्रदेशसभाले उनीहरु मर्यादापालक भएको बताएको छ ।

प्रजिअ निरौलाले संक्रमित पाँचै जनालाई आइसोलेसनमा राखिएको जानकारी दिए ।

प्रदेश सभाको चौथो अधिवेशन बुधबारदेखि प्रारम्भ भएको छ । चौथो अधिवेशनको बैठक बस्नुअघि सबै सांसद, कर्मचारी र प्रहरीको स्वाब संकलन गरिएको थियो । त्यस क्रममा प्रदेशसभा उनीहरुको ‍स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

बैठक स्थगित

मर्यादापालकमा कोरोना संक्रमण देखिएपछि बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदे सभा बैठक स्थगित भएको छ । बैठक स्थगित गरी प्रदेश सभालाई स्यानिटाइज गर्ने काम भइरहेको प्रदेश सभाका निमित्त सचिव रञ्जित यादवले जानकारी दिए ।

उनका अनुसार अब शुक्रबार दिउँसो १ बजे बैठक बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment