Comments Add Comment

वीरगञ्जमा नेविसंघले अर्थमन्त्री र मुख्यमन्त्रीको पुत्ला जलाए

२२ जेठ, वीरगञ्ज । कोरोना भाइरस महामारीमा अर्थमन्त्रीले गलत कर नीति लिएको र प्रदेश सरकार सुतेर बसेको आरोप लगाउँदै नेपाल विद्यार्थी (नेविसंघ) संघले वीरगञ्जमा विरोध प्रर्दशन गरेको छ । नेविसंघ पर्साका विकास तिवारी समूहले अर्थमन्त्री डा. युवराज खतिवडा र मुख्यमन्त्री लालबाबु राउत गद्दीको पुत्ला दहन समेत गरेका छन् ।

पुत्ला दहन गर्ने क्रममा प्रहरी र नेविसंघका कार्यकर्ताहरुबीच घम्साघम्सी नै परेको थियो । त्यसअघि उनीहरुले अर्थमन्त्री र मुख्यमन्त्रीको विरोधमा विभिन्न नाराबाजी गर्दै वीरगञ्जको मुख्य सडकमा प्रदर्शन गरेका थिए ।

बैङ्कको व्याज छुट, घर भाडा मिनाहा, बिजुली, पानीमा छुट दिनुपर्नेमा उल्टै करका लागि ताकेता गर्नु लाजमर्दो विषय भएको उनीहरुको आरोप छ ।

‘जनता पीडामा छन्, व्यापारी पीडामा छन् । यस्तो अवस्थामा कर तिर्नका लागि कम्तीमा दुई तिन महिना समय त दिनुपर्छ,’ उनले भने, ‘व्यक्तिगत दुरीको मापदण्ड पालना गर्न लगाएर व्यापार व्यवसाय सञ्चालन गर्न दिनुपर्छ । उनीहरुले केही आम्दानी गर्छन्, तब पो कर लिनुपर्छ ।’

नेविसंघकै रञ्जित पटेलले सरकारले व्यापारी र जनताको बारेमा नसोचेको आरोप लगाए । राहत दिनुपर्ने समयमा सरकारले उल्टै करका लागि ताकेता गरेर घाँटी निमोठ्ने काम गरेको उनको भनाइ छ । ‘कोभिड महामारी नियन्त्रणमा १० अर्ब खर्च भयो भनिएको छ,’ उनले भने, ‘लकडाउनले मर्कामा परेका जनताले ५ किलो चामल समेत पाएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment