Comments Add Comment

पेट्रोलियम ढुवानी तथा वितरणमा खटिनेहरुको पीसीआर नेगेटिभ

२२ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी तथा वितरणका लागि पहिलो घेरामा खटिने अधिकांश कर्मचारीमा कोरोना परिक्षण नतिजा नेगेटिभ आएको छ । भारतदेखि देशभरका विभिन्न डिपोहरुमा ढुवानी गर्ने, वितरणमा खटिने तथा व्यवस्थापनमा खटिने धेरैजसो कर्मचारीमा संक्रमण नपाइएको नेपाल आयल निगमले जनाएको छ ।

निगमको मुख्य कार्यालय बबरमहल, काठमाडौं वितरण केन्द्र थानकोट, गुणस्तर नियन्त्रण तथा अनुगमन कार्यालय टेकु, पोखरा, नेपालगन्ज र विराटनगरमा गरिएको परीक्षणमा सबैको नतिजा नेगटिभ देखिएको निगमका प्रवक्ता विनितमणी उपाध्ययले जानकारी दिए ।

ट्यांकरका चालक तथा सहचालक, पम्पहरुमा खटिने श्रमिक तथा निगमका विभिन्न कार्यालयमा रहेर पहिलो घेरामा खटिने कर्मचारीमा विभिन्न चरणमा पीसीआर परिक्षण गरिएको र सबै नतिजा नेगेटेभ आएको प्रवक्ता उपाध्ययाले बताए ।

‘उपभोक्तासँग प्रत्यक्ष सम्पर्कमा रहने, ढुवानीका क्रममा भारतसम्म पुग्ने तथा धेरै मानिसको सम्पर्कमा हुनेहरुमा पीसीआर परिक्षण गरिएकोमा कसैमा पनि संक्रमण पाइएको छैन, यसले कर्मचारीलाई आत्मविश्वास बढेको छ भने उपभोक्तालाई पनि ढुक्क भएको छ,’ प्रवक्ता उपाध्ययले भने ।

थानकोट वितरण केन्द्रमा एक सय, मुख्य कार्यालय र टेकुमा १४१ जना तथा विराटनगरमा एक सय जनामा पीसीआर परीक्षण गराईएको निगमले जनाएको छ ।

यस्तै पोखरा, नेपिालगन्जमा पनि परिक्षण गरिएको र सबैको नतिजा नेगटिभ पाइएको थियो । देशभरका बाँकी प्रमुख डिपो तथा कार्यालयहरुमा पनि कोरोना परिक्षण हुने क्रममा रहेको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment