+

एन्फा अध्यक्ष शेर्पाविरुद्ध पूर्वअध्यक्षले दिए फिफामा निवेदन

२०७७ जेठ  २२ गते १९:०० २०७७ जेठ २२ गते १९:००
एन्फा अध्यक्ष शेर्पाविरुद्ध पूर्वअध्यक्षले दिए फिफामा निवेदन

२२ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले मधेसका बालबालिकाबारे दिएको अभिव्यक्तिका विषयमा एन्फाकै पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठले विश्व फुटबलको सर्वोच्च निकाय फिफामा निवेदन दिएका छन् ।

अध्यक्ष शेर्पाले दिएको विवादास्पद अभिव्यक्ति बारे निकास निकाल्न भन्दै श्रेष्ठले सोमबार यसबारे फिफालाई पत्र लेखेको र एएफसीलाई पनि जानकारी गराएको बताए ।

‘मैले उजुरी दिएको होइन, जानकारी गराएको हो । अध्यक्षले यस्तो बोल्नु भएको रहेछ । त्यसविरुद्ध तराईको एउटा समूदाय लागेको छ । संसदमा पनि विषय उठ्यो’ एनआरटी क्लबका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठले भने ‘यसले फुटबलको अवस्था कठिन बनेको जस्तो लाग्यो । त्यसैले चाँडै समाधान गर्नुपर्छ भनेर पिफामा जानकारी मात्रै गराएको हो ।’

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले केही समयअघि एक अनलाइनलाई दिएको अन्तर्वार्तामा तराईमा राष्ट्रियताको भावना कम हुने आशयको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

यही विषयलाई लिएर जेठ १४ गते संसदमा विमल श्रीवास्तवले शेर्पाले समाजमा विभेदको विजारोपण गर्न खोजेको भन्दै कारवाहीको माग गरेका थिए । एकदिन अघि बुधबार अध्यक्ष शेर्पाले आफूले गलत मनसायले त्यो अभिव्यक्ति नदिएको भन्दै माफीसमेत मागिसकेका छन् ।

एन्फा कर्मा छिरिङ शेर्पा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय