
२२ जेठ, जनकपुरधाम । रौततहटको राजपुर नगरपालिका ९ बैरियास्थित ठूलो मदरसाको क्वारेन्टिनमा स्वास्थ्यकर्मी कुट्ने मध्येका एक जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले स्वास्थ्यकर्मी कुट्ने घट्नाका मुख्य आरोपी रुस्तम मियाँलाई पक्राउ गरेकाे हो । उनी राजपुर नगरपालिका ९ का बासिन्दा हुन् । उनलाई गाउँबाटै नियन्त्रणमा लिइएको हो ।
स्वास्थ्यकर्मीलाई कुट्ने अन्य तीन जना फरार भएको र उनीहरुको खोजी भइरहेको प्रदेशका प्रहरी प्रमुख डीआइजी धीरजप्रता सिंहले जानकारी दिए ।
उनीहरुको कुटाईबाट सिनियर अहेव खुर्सीद आलम र रामनरेश साह घाइते भएका थिए । आलमको टाउको नै फुटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4