+
+
Shares

एकल महिला र अपाङ्गता भत्तालाई ऐनमै राख्न माग गर्दै विधेयक दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २२ गते २०:२५

२२ जेठ, काठमाडौं । एकल महिला र अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई दिइने समाजिक सुरक्षा भत्तालाई ऐनमै राख्न माग गर्दै राष्ट्रिय सभामा विधेयक दर्ता भएको छ ।

राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले यस्तो माग गर्दै बिहीबार गैरसरकारी विधेयक दर्ता गरेका हुन् ।

हाल सरकारले मन्त्रिपरिषदको कार्यकारी अधिकार प्रयोग गरेर एकल महिला (विधवा) र अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । जेष्ठ नागरिकलाई भने मौलिक हक अन्तर्गतको सामाजिक सुरक्षा भत्ता ऐन मार्फत उपलब्ध गराउँछ ।

मौलिक हक बनाउँदा एकल महिला र अपाङ्गता भएका व्यक्तिलाई दिइने समाजिक सुरक्षा भत्ताको विषय छुटेका कारण त्यसलाई ऐनमा समेट्न आवश्यक भएकाले विधेयक ल्याएको सांसद पन्थले बताए ।

‘ऐनमा नहुँदा सरकारको तजबिजीमा रहने भयो । यसो गर्दा एकल महिला र अपाङ्गताको सामाजिक सुरक्षाभत्ता सुरक्षित नहुने भएका कारण सुरक्षित गराउन विधेयक दर्ता गरेको हुँ’ पन्थले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?