
हास्य कलाकार तथा निर्माता किरण केसीले लकडाउनका कारण घरसँगै लभ परेको बताएका छन् । किरणले लकडाउनको अनुभव सुनाउँदै अनलाइनखबरसँग भने–‘मेरो त लकडाउनका कारण घरसँगै लभ पर्यो।
कला क्षेत्रमा लागेपछि बिहान उठेर निस्कने र बेलुकी घर फर्किने बानी थियो । यसैले घरभित्र म राम्रोसँग भिजेकै रहेनछु । तर, यसपटक घरमै बसेर काम गर्दा र परिवारसँग समय बिताउँदा मेरो त घरसँग नै लभ पर्यो।’
किरणले घरमा बस्दा नयाँ-नयाँ परिकार पकाउन सिकेको बताए । योसँगै किरणले लकडाउनको समयमा सामाजिक कामलाई पनि निरन्तरता दिएका थिए । उनले भने–‘मैले नगरपालिकाको माध्यमबाट १० हजार मास्क र सय बोरा चामल वितरण गरेँ । हजार जनाभन्दा बढीलाई खाना खुवाएँ ।’
लकडाउनको समयमा आफूले जिन्दगीलाई नयाँ तरिकाले जिउन सिकेको किरणको अनुभव छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4