
२३ जेठ, जनकपुरधाम । प्रदेश २ को आर्थिक मामिला तथा योजनामन्त्री उषा यादवकी कोरोना संक्रमित स्वकीय सचिवलाई वीरगञ्जस्थित गण्डक अस्पतालको आइसोलेसनमा राखिएको छ ।
३० बर्षीया उनलाई आइसोलेसनमा भर्ना गराएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए । उनी बिहीबार राज्यमन्त्री यादवकै घरमा बसेकी थिइन् ।
उनलाई भर्ना गरिएपछि राज्यमन्त्री यादवको घरमा ट्रेसिङ सुरु भएको उनले बताए ।
प्रदेशसभाको बैठक सञ्चालनअघि प्रदेशका मन्त्री, सांसद, उनीहरुका स्वकीय सचिव, कर्मचारी र मर्यादापालकहरुको स्वाब संकलन गरी जाँच गरिएको थियो ।
रिपोर्ट आएकामध्ये ५ जना मर्यादापालक (प्रहरी) र मन्त्रीका स्वकीय सचिवसहित ६ जनाको पोजेटिभ देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4