Comments Add Comment

विश्वका सबै स्थानबाट नसकिएसम्म कोरोना भाइरसको अन्त्य हुँदैन : डब्लुएचओ

२३ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वका सबै स्थानबाट कोरोना भाइरस नसकिएसम्म यसको अन्त्य नहुने बताएको छ । डब्लुएचओकी प्रवक्ता मार्गरेट ह्यारिसले जेनेभामा भएको ब्रिफिङको क्रममा यस्तो बताएकी हुन् ।

पछिल्लो समय केही मुलुकहरुले कोभिड–१९ नियन्त्रणको लागि लगाएको लकडाउन खुकुलो पार्ने वा हटाउन शुरु गरिसकेको अवस्थामा मानिसहरु आफैं यसबाट बच्नुपर्ने मार्गरेटको भनाइ छ ।

उनले आफूले युरोपको मात्र नभई विश्वभरका लकडाउन खुकुलो बनाइरहेका सबै मुलुकले पनि अब कोरोना भाइरस सकिने भन्ने किसिमको सोच राख्नु नहुने बताएकी हुन् ।

गत सोमबारदेखि युरोपका सबैजसो मुलुकमा लकडाउन खुकुलो वा हटाइएको छ । लामो समयसम्म लकडाउनमा रहेका अन्य मुलुकमा पनि लकडाउन खुकुलो भएको छ । यस्तोमा कोरोना भाइरसको महामारी अझै बढ्नसक्ने आशंका डब्लुएचओले गर्दै आएको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म कोरोना भाइरसबाट विश्वभर ६६ लाख ६४ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने तीन लाख ९१ हजारभन्दा धेरेको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment