Comments Add Comment

क्याम्पनोउमा खेल्न आतुर छु : मेसी

२५ जेठ, काठमाडौं । बार्सिलोनाका कप्तान लिओनल मेसीले घरेलु मैदान क्याम्पनोउ धेरै मिस गरेको र त्यहाँ फेरि खेल्न आतुर रहेको बताएका छन् ।

शनिबार प्रशिक्षणका क्रममा क्याम्पनोउ पुगेका मेसीले त्यहाँ फर्किँन पाउँदा खुशी व्यक्त गरेका छन् । ‘मैले यो स्थानलाई एकदम धेरै मिस गरेँ,’ मेसीले इन्स्टाग्राममा लेखेका छन्, ‘यहाँ फेरि खेल्नलाई म प्रतिक्षा गर्न सक्दिनF ।’

मेसीको उक्त पोस्टले पनि उनी क्याम्पनोउनमा खेल्न कति उत्साहित छन् भन्ने देखाएको छ । कोरोनाभाइरस महामारीका कारण मार्चदेखि ला लिगा स्थगित छ ।

शनिवार बार्सिलोनाका खेलाडीहरुले महामारीपछि क्याम्पनोउमा पहिलो पटक ट्रेनिङ गरेका थिए । तिघ्राको अघिल्लो भागमा चोटका कारण मेसीले पछिल्लो दुई दिनको ट्रेनिङ गरेका थिएनन् । शनिवार भने मेसी क्याम्पनोउको पिचमा ट्रेनिङ गरिरेका थिए । उनले टिमका अन्य सहकर्मीसँग ट्रेनिङ गरेनन् । मेसीले मैदान एक छेउँमा छुट्टै ट्रेनिङ गरेका थिए ।

मेसी ट्रेनिङमा फर्कनु सकारात्मक रहेको र सोमबारसम्म समूह ट्रेनिङमा फर्कनसक्ने विश्वास छ ।

कोरोनाभाइरसपछि यही जुन १२ देखि ला लिगा फेरि शुरु हुँदैछ । लिग लिडर बार्सिलोनाले जुन १३ मा मालोर्कासँग खेल्दैछ । बार्सिलाले दोस्रो स्थानको रियल मड्रिडसँग २ अंकको अग्रता बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment