Comments Add Comment

डर्टमण्डको कठिन जित

२५ जेठ, काठमाडौं । बुण्डेसलिगा अन्तर्गत शनिवार भएको खेलमा दोस्रो स्थानको बोरुसिया डर्टमण्डले हेर्था बर्लिन विरुद्ध कठिन जित हात पारेको छ । इम्रे सानले दोस्रो हाफमा गरेको एक मात्र गोल मद्दतमा डर्टमण्डले हेर्थालाई १-० ले हरायो ।

घरेलु मैदान सिग्नल इडुना पार्कमा भएको खेलमा डर्टमण्डलाई पहिलो हाफमा हेर्थाले गोलरहित बराबरीमा रोकेको थयो ।

तर डर्टमण्ड दोस्रो हाफमा एक गोल गर्न सफल भयो । सानले ५७औं मिनेटमा गोल गरे । घरेल मैदानमा सानको पहिलो गोल समेत हो ।

जितपछि ३० खेलबाट ६३ अंकसहित डर्टमणड दोस्रो स्थानमा छ । समान खेलबाट ७० अंकसिहत बायर्न म्युनिख शीर्ष स्थानमा छ । बायर्न अब उपाधि जित्नबाट २ जित मात्रै टाढा छ । जर्मन लिगमा अब चार चरणका खेल हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment